back

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लक्ष्यअनुसार पूरा हुन सकेनन्

वि.सं.२०७४ साउन ७ शनिवार

441 

shares
GLOBAL IME AD
NTC AD

७ साउन, बारा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बारामा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन सकेको छैन् ।

आव २०७३÷७४ मा बाराका लागि परियोजनाअन्तर्गत कूल रु ३२ करोड ७२ लाख ६५ हजार बजेट विनियोजन भएको थियो । तर उक्त बजेट २०७३ माघदेखि मात्र निकासा भएकाले लक्ष्य अनुरुप कार्यक्रम सञ्चालन हुन नसकेको हो । कार्यक्रमको अभाव र कर्मचारीको कमीले गर्दा लक्ष्यअनुसार कार्यक्रम नभई सो परियोजना अन्तर्गत जम्मा रु १२ करोड मात्र खर्च भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अनुदानसहित सुपर जोन कार्यान्वयन एकाइ बाराका प्रमुख युगलकिशोर तिवारीले बताउनुभयो ।

सो परियोजनाअन्तर्गत आव २०७३÷७४ मा सुपर जोनतर्फ प्रतिहेक्टर रु तीन लाख अनुदानमा १५ हेक्टर क्षेत्रमा नयाँ पोखरी निर्माण भएको, ८५ प्रतिशत अनुदानमा तीनवटा आइस प्लान्ट, पाँचवटा ह्याचरी निर्माणको कार्य सम्पन्न भएको छ ।

यसैगरी साना सिँचाइतर्फ १२५ वटा बोरिङ, ११० पम्पसेट र १५ सेट विद्युतीय मोटर कृषकलाई वितरण गरिएको छ भने ५० प्रतिशत अनुदानमा एक्साभेटर तीनवटा, पिकअप जिप छवटा, ट्र्याक्टर छवटा र जाली ५०० मिटर वितरण गरिएको प्रमुख तिवारीले बताउनुभयो ।

सुपर जोनको लक्ष्यनुसार ९५० हेक्टर जमिनमा नयाँ पेखरी निर्माण गर्ने, मत्स्य नर्सरी ५० हेक्टरमा, कस्टम हायरिङ सेन्टर एक, मिनी ल्याब एक, कृषि अध्ययन संस्था एकसमेतका लागि रु ३२ करोड ७२ लाख ६५ हजार बजेटको व्यवस्था गरिएको थियो ।

वि.सं.२०७४ साउन ७ शनिवार ११:३५ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...