back

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लक्ष्यअनुसार पूरा हुन सकेनन्

वि.सं.२०७४ साउन ७ शनिवार

705 

shares

७ साउन, बारा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बारामा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन सकेको छैन् ।

आव २०७३÷७४ मा बाराका लागि परियोजनाअन्तर्गत कूल रु ३२ करोड ७२ लाख ६५ हजार बजेट विनियोजन भएको थियो । तर उक्त बजेट २०७३ माघदेखि मात्र निकासा भएकाले लक्ष्य अनुरुप कार्यक्रम सञ्चालन हुन नसकेको हो । कार्यक्रमको अभाव र कर्मचारीको कमीले गर्दा लक्ष्यअनुसार कार्यक्रम नभई सो परियोजना अन्तर्गत जम्मा रु १२ करोड मात्र खर्च भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अनुदानसहित सुपर जोन कार्यान्वयन एकाइ बाराका प्रमुख युगलकिशोर तिवारीले बताउनुभयो ।

सो परियोजनाअन्तर्गत आव २०७३÷७४ मा सुपर जोनतर्फ प्रतिहेक्टर रु तीन लाख अनुदानमा १५ हेक्टर क्षेत्रमा नयाँ पोखरी निर्माण भएको, ८५ प्रतिशत अनुदानमा तीनवटा आइस प्लान्ट, पाँचवटा ह्याचरी निर्माणको कार्य सम्पन्न भएको छ ।

यसैगरी साना सिँचाइतर्फ १२५ वटा बोरिङ, ११० पम्पसेट र १५ सेट विद्युतीय मोटर कृषकलाई वितरण गरिएको छ भने ५० प्रतिशत अनुदानमा एक्साभेटर तीनवटा, पिकअप जिप छवटा, ट्र्याक्टर छवटा र जाली ५०० मिटर वितरण गरिएको प्रमुख तिवारीले बताउनुभयो ।

सुपर जोनको लक्ष्यनुसार ९५० हेक्टर जमिनमा नयाँ पेखरी निर्माण गर्ने, मत्स्य नर्सरी ५० हेक्टरमा, कस्टम हायरिङ सेन्टर एक, मिनी ल्याब एक, कृषि अध्ययन संस्था एकसमेतका लागि रु ३२ करोड ७२ लाख ६५ हजार बजेटको व्यवस्था गरिएको थियो ।

वि.सं.२०७४ साउन ७ शनिवार ११:३५ मा प्रकाशित

Himalayan Life AD
नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९०...

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर) । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...