back

पूर्वी रुकुमलाई अलग्गै जिल्ला बनाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

वि.सं.२०७४ साउन ८ आइतवार

579 

shares

८ साउन, काठमाडौँ । पूर्वी रुकुमलाई अलग्गै जिल्ला बनाउनुपर्ने माग गर्दै सो क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि र सर्वदलीय प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

देशलाई संघीय संरचनामा लैजाँदा पूर्वी रुकुमका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकालाई प्रदेश ५ मा र बाँकी ६ स्थानीय तह प्रदेश ६ मा विभाजन गरिएको थियो ।

जिल्लाको ५८ प्रतिशत भू–भाग ओगट्ने पूर्वी भागलाई संविधानको धारा ५६ को उपधारा ३ सँग सम्बन्धित अनुसूची ४ बमोजिम छुट्टै जिल्ला बनाइनुपर्ने माग आफूहरुले प्रधानमन्त्री समक्ष राखेको सो क्षेत्रका सांसद एवम् नेकपा(माओवादी केन्द्र)का नेता गणेशमान पुनले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्रीले मागका सम्बन्धमा अध्ययन गर्ने र छुट्टै जिल्ला बनाउन पहल गर्ने आश्वासन दिनुभएको नेता पुनले बताउनुभयो ।

सो क्षेत्रबाट निर्वाचित सांसद पुन, नेपाली काँग्रेसका नेता एवं पूर्वसहायकमन्त्री केशरमान रोक्का, नेकपा(एमाले)का केन्द्रीय सदस्य खेममान खड्का, सो क्षेत्रका तीन गाउँपालिकाका निर्वाचित अध्यक्षलगायतको सर्वदलीय टोलीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

वि.सं.२०७४ साउन ८ आइतवार ०३:३५ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...