युएई । नेपाल प्रेस युनियन शाखा युएईको अध्यक्षमा निर्भिक नारायण भुर्तेल चयन भएका छन । युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुहबी भट्टराइ, सचिव राम कुमार परियार, सहसचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन । त्यस्तै सदस्यहरुमा शिव दत्त शुवेदी र हरि खड्का चयन भएका छन । नेपाल प्रेस युनियन केन्द्रिय समितिको २०७४ जेठ २२ गते बसेको वैठकले नेपाल प्रेस युनियन युएई शाखा अनुमोदन गरेको थियो ।
नेपाल प्रेस युनियनको विदेश शाखा पहिलोपटक युएईमा गठन गर्न सफल भएका छौ । नव निर्वाचित अध्यक्ष भुर्तेलले भने ‘हामीले युएईमा कृयाशिल पत्रकारहरुको हक हितको लागि नेपाल पत्रकार महासंघ युएई शाखासंग सहकार्य गर्दै अगाडी अगाडी बढ्ने छौ ।’
सोही अवसरमा युनियनले जननेता विपि कोईरालाको ३५ औ स्मृति दिवस समेत मनाईएको छ ।