९ साउन, एजेन्सी । बार्सिलोनाका सुपर स्टार नेयमारको क्लब स्थान्तरणको विषयले निकै चर्चा पाएको छ । नेयमार बार्सा छाडेर पेरिस सेन्ट जर्मनी जान लागेको समचारहरु आईरहेका छन् । पिएसजीले नेयमारको रिलिज क्लज रहेको १९६ मिलियन पाउन्ड बराबरको रकम तिर्न तयार रहेको र नेयमार समेत फ्रान्स जाने मनस्थिती बनाएको बेला रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्ट्यिानो रोनाल्डोले नेयमारलाई पेरिस जेन्ट जर्मन जानुको सट्टा म्यानचेष्ट युनाईटेडको प्रस्तावलाई कुर्न दिएका छन् ।
रोनाल्डाले नेयमारलाई पेरिस जानुको सट्टा आफ्नो पुर्व क्लब जान सुझाएका हुन् । युनाईटेडले समेत नेयमारलाई किन्न पटक पटक चासो दिदै आइरहेको बेला रोनाल्डोले नेयमारलाई युनाईटेड जान सुझाएको स्पनिश पत्रिका गोल डाएरोले जनाएको छ ।
रोनाल्डोले नेयमार खेल्ने शैली प्रिमिय लिग सँग सुहाउदो भएकाले म्यानचेष्टर युनाइटेड उनको लागि उत्तम विकल्प हुने बताएका छन् । रोनाल्डोले फ्रान्सको लिग त्यति स्तरीय नभएको कारण नेयमारलाई विश्व फुटबल जगतले राम्रो सँग नचिन्ने भन्दै युनाईटेड रोज्न सुझाव दिएका हुन् ।
वि.सं.२०७४ साउन ९ सोमवार १२:२६ मा प्रकाशित


























