back

गत वर्ष मात्र झापामा सवारी दुर्घटनामा ८६ जनाको मृत्यु

वि.सं.२०७४ साउन १० मंगलवार

765 

shares

accident

१० साउन , बनियानी (झापा)। गत आव २०७३÷७४ मा यहाँ सवारी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ ।

सो आवमा सवारी दुर्घटनामा ६९ पुरुष, १३ महिला र चार बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी दुर्घटनाको संख्यामा कमी आए पनि मृत्युदर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्यांकानुसार हरेक वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको छ । सोअनुसार आव ०७१÷७२ मा ६६, ०७२÷७३ मा ७९ र आव ०७३÷७४ मा ८६ जनाको मृत्यु भएको छ ।

जिल्लामा सवारी दुर्घटनाको संख्यामा भने कमी आएको छ । आव ०७१÷७२ मा १४४, ०७२÷७३ मा १९८ र आव ०७३÷७४ मा १९१ सवारी दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मापसे बढ्दै
हरेक वर्ष मापसे गरेर सवारी चलाउनेको संख्या बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । आव २०७३÷७४ मा मापसे गरेर सवारी चलाउने एक हजार ४५० जनालाई कार्यालयले कारबाही गरेको छ, जुन गत वर्षको तुलनामा ६०७ बढी हो ।

आव ०७३÷७४ मा ट्रक १७, बस ११, कार–जिप–भ्यान १०९, मोटरसाइकल एक हजार १६६, ट्र्याक्टर ६३ र टेम्पोका ८३ जना चालकलाई कारबाही गरिएकामा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको कार्यालयले जनाएको छ । जिल्लामा आव ०७१÷७२ मा ९०३ र आव ०७२÷७३ मा ८४३ जना मापसे कारबाहीमा परेका थिए । कार्यालयले आव ०७३÷७४ मा मापसे कारबाहीबाट रू १४ लाख ५० हजार राजवश्वसमेत संकलन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरीले दण्डसजाय कम भएकाले जानीजानी गल्ती गर्ने प्रवृत्ति बढेको बताउनुभयो । “चालकले मापसे गरे कारबाहीमा पर्छु भन्ने जान्दा जान्दै गल्ती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “चालकको चेतनामा वृद्धि नभएपछि कसैको केही लाग्दैन रहेछ ।”

जिल्लामा मापसे जाँचका लागि दैनिक १७ स्थानमा टोली खटाइने गरेको प्रमुख गिरीले बताउनुभयो । “हामीले मापसे गर्ने कोही कसैलाई छुट दिएका छैनौँ”, उहाँले भन्नुभयो, “जाँच कडा हुँदा पनि संख्यामा वृद्धि भएको हो ।”

अन्य सवारी नियम उल्लङ्घनमा छ महिनासम्म चालक अनुमतिपत्र निलम्बन गर्ने प्रावधान ल्याउन लागिएको र मापसे गर्नेलाई पनि सो नियम लागू गर्न सके प्रभावकारी हुने उहाँको भनाइ छ । हाल मापसे गर्ने चालकलाई कार्यालयले रू एक हजार जरिवाना र सवारी चालक अनुमति पत्रमा प्वाल पार्ने गरेको छ । रासस

वि.सं.२०७४ साउन १० मंगलवार ०७:४१ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...