Logo
४ माघ २०७८, मंगलवार
     Tue Jan 18 2022
E-paper
  English Edition
   Unicode
Logo

विश्वकपमा छनोट हुने नेपालको सपना अधुरै



nepal

१० साउन, काठमाडौँ । अन्डर नाईन्टिन विश्वकप छनौट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग ९६ रनको भारी रनको पराजय बेहोरेको छ । यो सँगै नेपालको विश्वकपमा छनोट हुने सपना अधुरै भएको छ । आज भएको खेलमा अफगानिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भएको हो । नेपालका दिपेन्द्र सिंह ऐरीले ८१ बलमा ४८ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले राम्रो गर्न सकेनन ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा अलआउट हुदैँ १ सय ९५ रन बनाएको थियो । अफगानिस्तानका इब्राहिम जदरानले १ सय १४ बल खेल्दै १ सय १ रन बनाएका थिए । जदरानको ब्याटिङको मदतमा अफगानस्तानले ठुलो स्कोरको आकँडा तयार गरेको थियो । नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए ।
डबल राउन्ड एन्ड रोविनको आधामा भएको प्रतियोगितामा अफगानिस्तान सबै खेल जित्दै सन् २०१९को विश्वकपमा छनोट भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक