back

रु छ लाखसहित एघार जुवाडे पक्राउ

वि.सं.२०७४ साउन ११ बुधवार

156 

shares
NTC AD
Global IME AD

११ साउन, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले मंगलबार दिउँसो जुवा खेलिरहेका एघार जुवाडे पक्राउ गरेको छ ।

भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी एघार जनालाई रु पाँच लाख ९४ हजार ३२० रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकाया नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट तास, एक थान मोटरसाइकल र दश थान मोबाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक रोकायाले एघार जुवाडे पक्राउ गरिएको बताउँदै उनीहरुको साथमा बरामद सामग्रीको विवरण संकलन भइरहेको जानकारी दिनुभयो । उनीहरुको समूह कैलाली र कञ्चनपुरका विभिन्न जंगलदेखि कोठा भाडामा समेत लिएर प्रहरीलाई छलेर लामो समयदेखि जुवा खेल्दै आएको प्रहरी प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

वि.सं.२०७४ साउन ११ बुधवार ०३:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बेहुली लिन हिँडेको बस दुर्घटना : मृतकको सनाखत

बेहुली लिन हिँडेको बस दुर्घटना : मृतकको सनाखत

चौतारा (सिन्धुपाल्चोक) । त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

सिमकोट, (हुम्ला) । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको...

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पाटन (ललितपुर) । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि...

मन्त्री भण्डारी भन्छन् – बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ

मन्त्री भण्डारी भन्छन् – बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

डढेलो नियन्त्रणका लागि वनमा सिसी क्यामरा राख्न सुरु

डढेलो नियन्त्रणका लागि वनमा सिसी क्यामरा राख्न सुरु

काठमाडौँ । वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले...