back
CTIZAN AD

लामो दूरीका सेवा बिस्तार गर्दै साझा यातायात

वि.सं.२०७४ साउन १२ बिहीवार

780 

shares

sajha१२ साउन, ललितपुर । साझा यातायातले उपत्यका बाहिर(लामो दूरी) मा सेवा बिस्तार गर्ने भएको छ । साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर सेवा बिस्तार गर्न लागेको हो । साझाले अहिले दैनिक एउटा काठमाडौँ–बाग्लुङ सेवा सञ्चालन गरिरहेको छ । देशका अरु भागमा समेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । साझाको पुरानै रङ्ग र सेवा हुनेछ । तेह्रवटा नयाँ गाडीमध्ये १२ वटा डिलक्स र एउटा अपाङ्गता, ज्येष्ठ नागरिकमैत्री होचो गाडी छ । यी बस केही समयमा नै उपत्यका भित्रने उहाँ बताउनुहुन्छ । नयाँ रुटको टुङ्गो अहिले नै साझाले गरिसकेको छैन । उहाँले भन्नुभयो, “धेरै ठाउँबाट माग भएको छ त्यहीमध्येबाट गाडी आएपछि छनोट हुनेछ ।”

गत वर्ष काठमाडौँ महानगरपालिकाले रु १० करोडको सेयर खरिद गरेको थियो । त्यही रकमबाट साझाले नयाँ बस खरिद गर्न लागेको हो । ललितपुर महानगरपालिकाले पनि केही दिन पहिले रु एक करोडको सेयर खरिद गरेको थियो । गत ३० गते महानगरपालिका र साझा यातायातकाबीचमा सम्झौता भएको हो ।

विसं २०१८ मा स्थापित साझा यातायात पहिले उपत्यका र उपत्यका बाहिर सहज यातायातको साधन मानिन्थ्यो । दुई दशक बन्द भएपछि गत वर्षको वैशाखबाट फेरि सञ्चालनमा आएको हो ।

वि.सं.२०७४ साउन १२ बिहीवार ०३:१९ मा प्रकाशित

Himalayan Life AD
कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमिय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमिय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयद...

एन आई सी एशिया बैंकद्वारा ६.९९% स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

एन आई सी एशिया बैंकद्वारा ६.९९% स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । ग्राहक महानुभावहरूको आवास सम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ फागुन : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि...

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

सामसुङले नयाँ एआई-संचालित स्मार्टफोन अनुभवको सङ्केत गर्‍यो

काठमाडौं। सामसुङ नेपालले नयाँ एआई–ड्रिभन (AI-Driven) स्मार्टफोन अनुभव ल्याउने संकेत...