back

लामो दूरीका सेवा बिस्तार गर्दै साझा यातायात

वि.सं.२०७४ साउन १२ बिहीवार

573 

shares
IME Limited
NTC AD

sajha१२ साउन, ललितपुर । साझा यातायातले उपत्यका बाहिर(लामो दूरी) मा सेवा बिस्तार गर्ने भएको छ । साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर सेवा बिस्तार गर्न लागेको हो । साझाले अहिले दैनिक एउटा काठमाडौँ–बाग्लुङ सेवा सञ्चालन गरिरहेको छ । देशका अरु भागमा समेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो । साझाको पुरानै रङ्ग र सेवा हुनेछ । तेह्रवटा नयाँ गाडीमध्ये १२ वटा डिलक्स र एउटा अपाङ्गता, ज्येष्ठ नागरिकमैत्री होचो गाडी छ । यी बस केही समयमा नै उपत्यका भित्रने उहाँ बताउनुहुन्छ । नयाँ रुटको टुङ्गो अहिले नै साझाले गरिसकेको छैन । उहाँले भन्नुभयो, “धेरै ठाउँबाट माग भएको छ त्यहीमध्येबाट गाडी आएपछि छनोट हुनेछ ।”

गत वर्ष काठमाडौँ महानगरपालिकाले रु १० करोडको सेयर खरिद गरेको थियो । त्यही रकमबाट साझाले नयाँ बस खरिद गर्न लागेको हो । ललितपुर महानगरपालिकाले पनि केही दिन पहिले रु एक करोडको सेयर खरिद गरेको थियो । गत ३० गते महानगरपालिका र साझा यातायातकाबीचमा सम्झौता भएको हो ।

विसं २०१८ मा स्थापित साझा यातायात पहिले उपत्यका र उपत्यका बाहिर सहज यातायातको साधन मानिन्थ्यो । दुई दशक बन्द भएपछि गत वर्षको वैशाखबाट फेरि सञ्चालनमा आएको हो ।

वि.सं.२०७४ साउन १२ बिहीवार ०३:१९ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

काठमाडौँ । महालक्ष्मी विकास बैंककाले ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई...

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

असार महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ व्याजदर

असार महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ व्याजदर

काठमाडौं । असार महिनाको लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...