back

ब्यूटीवाला गभर्नर

वि.सं.२०७४ साउन १२ बिहीवार

546 

shares

गर्भनर पद धेरै थरीका हुन्छन् भन्ने कुरो धेरै पाठकबृन्दलाई जानकारी नै छ । एउटा गर्भनर भनेको नेपाल सरकारको आर्थिक सल्लाहकारका ? पमा वित्तीय सन्तुलनको भूमिका निर्वाह गर्ने अर्थात् सरकारको केन्द्रीय बैंकको प्रमुख पद हो भने अर्को गभर्नर भनेको प्रदेशका प्रान्तमा मुख्यमन्त्रीसँगै रहने पद हो । हुनत हाम्रा आदरणीय पाठकबृन्द पनि धेरै सामाजिक संघसंस्थामा सक्रिय रहनुभएकै छ । तपार्ईहरू समक्ष यो कर्केनजरले के नै फूर्ती लाउनु छ र र पाठकबृन्द तपार्ईहरू पनि लायन्स क्लबको गभर्नर भै सक्नु भएको होला ।
तर, यहाँ भन्न खोजिएको वा जोड्न खोजिएको गर्भनर भनेको बिल्कुल फरक हो पाठकबृन्द । हाम्रा आदरणीय गर्भनर उर्फ तपार्ई हाम्ले चलाउने नोटमा सहि गर्ने मुन्छे… चिरन्जीवी नेपाल आफै पनि हेण्डसम मुन्छे हुन् पाठकबृन्द । उनी अन्तर्राष्ट्रियदेखि वित्तिय क्षेत्रसम्म र धर्म संस्कृति देखि सौन्दर्यशास्त्र सम्मका विज्ञ पनि हुन्् । शायद त्यहि भएरै होला द हिडेन ट्रेजर उर्फ ब्यूटी प्रतियोगिताका आयोजकले यो पटक प्रमुख अतिथि उनलाई नै बनाइ दिएछन् । शहरका धनीमानी, भद्र भलाद्मी र महिला सज्जन बृन्दहरू जाँचकी रहेको र डाउटर चिरन्जीवी मुख्य गनितो रहेको नेपाल सुन्दरी प्रतियोगितामा उनले सोधे ‘नेपालको आर्थिक समृद्धिमा महिलाहरूको भूमिका कस्तो हुन्छ ?’ पेशा अनुसार गर्भनरले सोधेको प्रश्न राम्रै हो पाठकबृन्द् । गणतन्त्रको सौन्दर्यता भनेकै अबको ब्यूटीवाला भनि त नहालौं तर उनले विषय त छिराए नी पाठकबृन्द होइन र ?

वि.सं.२०७४ साउन १२ बिहीवार ०८:०० मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...