back

तक्माको शासन

वि.सं.२०७४ साउन १२ बिहीवार

657 

shares

हिजो राजतन्त्र थियो, पछि प्रजातन्त्र आएको ढोल पिटीयो । प्रजातन्त्रमा दिइने मान पद्वी र सम्मानका धेरै भाग राणातन्त्रवालालाई नै दिइयो । प्रजातन्त्रपछि केही वर्ष राजतन्त्र अनि पञ्चायततन्त्र र सुधारिएको पञ्चायत हुँदै प्रजातन्त्रको पुनस्र्थापना भएको पनि प्रचार भयो पाठकबृन्द २००७, २०१७, २०३६, २०४३ र २०४६ का विभिन्न घटनाक्रममा केही नयाँ हुँदै र भनिदैं आएको सत्य हो, पाठकबृन्द । प्रत्येक उथुलपुथल र फेरबदलमा नयाँ तक्मा दिने र मान टक्रयाउने काम नियमित जस्तै हुन्छ । नेपालको इतिहास हेर्दा राणाकालमा हुक्के बैठक देखि गणतन्त्रकालमा चाप्लुसहरूलाई तक्मा दिएकै पाइन्छ ।
गणतन्त्रको तक्मा गणतन्त्र विरोधिलाई, जनसेवा पदक जति व्यक्तिवादीहरूलाई समाजसेवी पदक नामै नचिनिएकाहरूलाई भएर मात्र यो पटकको तक्माको हल्ला आएको होइन पाठकबृन्द । त्यसो त गृहसचिवले आफू र आफ्नो बाबुलाई नै ठूला तक्मा शिफारिस गरेछन पाठकबृन्द । प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाललाई चितवनका समाजसेवी भनेर ठूलै तक्मा भिराउन खोजिएपछि यो सामाजिक सन्जालमा दोहोरी–तेहरी सबै सुन्न पाइयो पाठकबृन्द । एकपक्षले भन्यो ३ बिहा र २ आधा गर्नेलाई पुरस्कार, अर्कोले भन्यो महाकाली बेच्नेलाई राष्ट्रवाद… नानाभाँतीका कुरा आए पाठकबृन्द । जेहोस् तक्माले शासन गर्ने हँुदैनथ्यो । पञ्चायती तक्मा र गणतान्त्रिक शासन शैली अलिक हजम भएन की !

वि.सं.२०७४ साउन १२ बिहीवार ०८:०३ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले...