back

ब्लडपलद्धारा चितवनमा निःशुल्क स्वास्थ्य परिक्षण

वि.सं.२०७४ साउन १४ शनिवार

114 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१४ साउन, चितवन । ब्लडपल चितवन र रोटरी क्लब अफ चितवनको आयोजनामा बालकुमारी कलेज नारायणगढमा फ्रि हेल्थ चेक अप र ब्लड ग्रुरुप जाँच साथै रगतको डाटा बेस संकलन कार्यक्रम गरिएको छ ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष शरदगोपाल न्याछ्योले स्वागत मन्तव्य राखेको कार्यक्रममा रोटरी क्लब अफ चितवनका इलेक्टेड प्रेसिडेन्ट कपिलबाबु खनालले बोलेका थिए ।
साउन १२ गतेका दिन आयोजना गरिएको उक्त स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कलेजका सहायक प्रिन्सिपल चुननारायण श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा २९० जनाको रगत परीक्षण गरी रक्त समूह छुट्टाइएको थियो । कार्यक्रममा रक्त परीक्षणका साथै ब्लड प्रेसर चेकअप, शरिरको तौल मापन, ब्लड पल र रक्तदान सम्बन्धी उत्प्रेरणाको बारेमा जानकारी दिइएको थियो ।कार्यक्रमलाई श्री मेडिकल कलेजका ल्याब टेक्निसियनले रगत समूह जाँचको लागि सहयोग पु¥याएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि बालकुमारी कलेजका सहायक प्रिन्सीपल चुननारायण श्रेष्ठ रहेका थिए । अतिथिमा रोटरी क्लब अफ चितवनका प्रसिडेन्ट शरदगोपाल न्याछ्यो रहेका थिए । विद्यार्थीहरुलाई सहजीकरण ब्लड पल भक्तपुरका सल्लाहकार दिनेशकुमार भोछिभोयाले गरेका थिए साथै कार्यक्रम भोछिभोयाकै सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन ब्लड पल चितवनका अध्यक्ष प्रविन अर्यालले गरेका थिए ।

ब्लड पल नेपालले निकट भविष्यमा रगत खोज्न सहज हुने गरी ‘ब्लड पल’ नामको मोबाइल एप्लिकेशन ल्याउदै गरेको ब्लड पल चितवनका जनसम्पर्क अधिकृत कृष्ण शर्माले जानकारी दिए ।

वि.सं.२०७४ साउन १४ शनिवार ०७:१३ मा प्रकाशित

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा...

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको...

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र...

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

काठमाडौँ । काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले (बालेन) निशुल्क...

शान्ताको अचारले ओली मख्ख

शान्ताको अचारले ओली मख्ख

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

नेदरल्याण्ड्ससँग नेपाल आठ विकेटले पराजित

नेदरल्याण्ड्ससँग नेपाल आठ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग...