back

नुवाकोटमा दुईजनाको ज्यान गयो

वि.सं.२०७४ साउन १४ शनिवार

597 

shares

१४ साउन,नुवाकोट । खोलाले बगाएर र भिरबाट लडेर नुवाकोटमा दुई जनाले ज्यान गुमाएका छन् । अविरल वर्षासँगै अमारे खोल्सामा आएको बाढीले बगाएर तादी गाउँपालिका–४ साविक सुन्दरादेवी गाविस–२ का रामबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ः३० बजेतिर खोलाले बगाएको ६० वर्षीय श्रेष्ठलाई खोजी गर्ने क्रममा ३०० मिटर तल खोल्सा किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्ण विष्टले जानकारी दिनुभयो । सातबिसे बजारबाट घर फर्कदै गरेका श्रेष्ठले बाढी आइरहेको खोल्साबाट तर्न खोज्दा बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, दुप्चेश्वर गाउँपालिका–६ साविक समुन्द्रटार गाविस–४ स्थित नौबिसे भिरबाट लडेर ७३ वर्षीया विष्णुकुमारी कुइँकेलको मृत्यु भएको छ । घरबाट खेततर्फ जाँदै गरेका कुइँकेलको भिरबाट लडेर घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो ।

वि.सं.२०७४ साउन १४ शनिवार ०८:०९ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...