back

वर्षातको मौसममा स्वस्थ्य रहन अपनाउनुस् यी उपाय

वि.सं.२०७४ साउन १४ शनिवार

453 

shares
GLOBAL IME AD
NTC AD

raining time

वर्षातको मौसम, भनिन्छ, यसले जीवनमा खुसीयाली लिएर आउँछ । यसले किसानहरूका लागि पनि पानी खुशीयाली लिएर आउँछ । मानव शरीरमा शीतलता पनि प्रदान गर्छ । तर, ख्याल गर्नुपर्छ की, वर्षातको मौसमले समस्या पनि लिएर आउँछ ।
वर्षातको मौसममा घरमा वृद्ध, बच्चाहरू छन भने उनीहरूमा एलर्जी, खोकी, ज्वरो लगायतका समस्या तत्काल देखा पर्छन् । त्यसकारण भान्सामा यस्ता खानेकुराहरू सामेल गर्नुहोस् की यसले तपाईलाई बिरामी हुनबाट बचाओस् ।
वर्षातको समयमा धेरै समस्या पानीबाट उत्पन्न हुन्छ । पानीमा ब्याक्टेरियाले आक्रमण गर्छ र शरीरको प्रतिरोधक क्षमता कम हुँदै जान्छ । त्यसकारण वर्षाको मौसममा शरीरको ख्याल राख्न जरुरी हुन्छ । यी दिनमा लामखुट्टेको टोकाइबाट हुने मलेरिया र डेंगु जस्ता रोगले हामीलाई समस्यामा पारेको हुन्छ ।
वर्षाका बेला बाटोको किनारमा ठेलामा राखिएका खानेकुराहरू नखानुहोस् । यसले इन्फेक्सनको खतरा बढ्छ । पानी परिरहेका बेला बाहिर ननिस्कनुहोस् । निस्कीए पनि भिज्नबाट बच्नुहोस् । साथमा छाता बोक्नुका साथै रेनकोट पनि बोकेर बाहिर निस्कनुहोस् ।
लामखुट्टेको टोकाइबाट बच्नुहोस् । यसको टोकाइबाट बच्न धुप लगायतका औषधिहरूको प्रयोग गर्नुहोस् ।
वर्षातको मौसममा खानपानमा विशेष ध्यान पु¥याउनुहोस् । बाटोमा बेच्न राखेका खानेकुराहरू नखानुहोस् । यसले पेटको संक्रमण बढाउँछ । असुरक्षित ठाउँमा राखेका खानेकुरा खाँदा खानासँगै ब्याक्टेरिया शरीरभित्र पुग्ने र रोगको संक्रमण बढाउँछ ।
वर्षातको समयमा फलफूलको प्रयाप्त सेवन गर्नुहोस् । किनकी यसले भरपुर शक्ति दिन्छ । तर, कस्तो फल खाने भन्ने विषयमा भने सजग रहनुपर्छ । यतिबेला नासपाती, आँप, स्याउ अनार लगायतका फलको सेवन गर्नु राम्रो हुन्छ । यस्ता केही फलहरू छन जसका कारण तपाईको मुहारमा डण्डीफोर र विविरा आइदिन्छ । खरबुजा र आप धेरै खाँदा पनि यस्ता समस्या देखिन्छन् ।
वर्षातको मौसममा बाहिर बिक्री गर्न राखिएका फलका जुश, लस्सी तथा पानीले पनि तपाईको स्वास्थ्यमा हानी पु¥याउँछ । यस्तो बेला केराउको तरकारी, आटाको रोटी तथा मकै जस्ता सुख्खा खानाको बढी प्रयोग गर्नुहोस् । किनकी वर्षातका बेला बढी तरल पर्दाथको सेवनले शरीर सुन्निने समस्या पनि देखिन्छ ।
बर्षातको समयमा पानीसँग जोडिएका धेरै बिमार हुन्छन् । त्यसकारण यतिबेला उमालेको पानी पिउन जरुरी हुन्छ । पानी फिल्टर गरेर फेरि उमालेर पिउनु अझै राम्रो हुन्छ । किनकी, पानी उमाल्दा त्यसमा रहेका सबै जिवाणुहरू नष्ट भइसकेका हुन्छन् ।
वर्षातका बेला आफू र आफ्नो परिवारका लागि खाना बनाउनु हुन्छ भने यसमा नुन कम प्रयोग गर्नुहोस् । नुन भएका खाना बढी खाँदा रक्तचाप बढ्ने सम्भावना हुन्छ । वर्षातको मौसममा रक्तचापका बिरामीहरू सावधान हुन जरुरी छ ।
आफ्नो खानपानमा निम, करेला लगायतका मौसम अनुसारका तरकारी सामेल गर्न उपयुक्त हुन्छ । यसले तपाईको छालामा देखिने एलर्जीबाट बचाउँछ । यदि तपाई यसलाई उमालेर खान चाहनुहुन्न भने थोरै तेल हालेर भुटेर खाने गर्नुहोस् ।
वर्षातका बेला सकभर दूध नखानु नै राम्रो हुन्छ । तर दुधबाट बनेका दही, मिठाइ लगायतका खानेकुरा खानु तपाईको लागि लाभदायक हुन्छ । यदी तपाई दूध पिउन चाहानुहन्छ भने सय डिग्रीमा उमालेर खाने गर्नुहोस् । यसले तपाईलाई दूधमा हुने हानिकारक जीवाणुबाट छुट्कारा मिल्छ ।

वि.सं.२०७४ साउन १४ शनिवार ०९:०४ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...