back

वर्षातको मौसममा स्वस्थ्य रहन अपनाउनुस् यी उपाय

वि.सं.२०७४ साउन १४ शनिवार

696 

shares

raining time

वर्षातको मौसम, भनिन्छ, यसले जीवनमा खुसीयाली लिएर आउँछ । यसले किसानहरूका लागि पनि पानी खुशीयाली लिएर आउँछ । मानव शरीरमा शीतलता पनि प्रदान गर्छ । तर, ख्याल गर्नुपर्छ की, वर्षातको मौसमले समस्या पनि लिएर आउँछ ।
वर्षातको मौसममा घरमा वृद्ध, बच्चाहरू छन भने उनीहरूमा एलर्जी, खोकी, ज्वरो लगायतका समस्या तत्काल देखा पर्छन् । त्यसकारण भान्सामा यस्ता खानेकुराहरू सामेल गर्नुहोस् की यसले तपाईलाई बिरामी हुनबाट बचाओस् ।
वर्षातको समयमा धेरै समस्या पानीबाट उत्पन्न हुन्छ । पानीमा ब्याक्टेरियाले आक्रमण गर्छ र शरीरको प्रतिरोधक क्षमता कम हुँदै जान्छ । त्यसकारण वर्षाको मौसममा शरीरको ख्याल राख्न जरुरी हुन्छ । यी दिनमा लामखुट्टेको टोकाइबाट हुने मलेरिया र डेंगु जस्ता रोगले हामीलाई समस्यामा पारेको हुन्छ ।
वर्षाका बेला बाटोको किनारमा ठेलामा राखिएका खानेकुराहरू नखानुहोस् । यसले इन्फेक्सनको खतरा बढ्छ । पानी परिरहेका बेला बाहिर ननिस्कनुहोस् । निस्कीए पनि भिज्नबाट बच्नुहोस् । साथमा छाता बोक्नुका साथै रेनकोट पनि बोकेर बाहिर निस्कनुहोस् ।
लामखुट्टेको टोकाइबाट बच्नुहोस् । यसको टोकाइबाट बच्न धुप लगायतका औषधिहरूको प्रयोग गर्नुहोस् ।
वर्षातको मौसममा खानपानमा विशेष ध्यान पु¥याउनुहोस् । बाटोमा बेच्न राखेका खानेकुराहरू नखानुहोस् । यसले पेटको संक्रमण बढाउँछ । असुरक्षित ठाउँमा राखेका खानेकुरा खाँदा खानासँगै ब्याक्टेरिया शरीरभित्र पुग्ने र रोगको संक्रमण बढाउँछ ।
वर्षातको समयमा फलफूलको प्रयाप्त सेवन गर्नुहोस् । किनकी यसले भरपुर शक्ति दिन्छ । तर, कस्तो फल खाने भन्ने विषयमा भने सजग रहनुपर्छ । यतिबेला नासपाती, आँप, स्याउ अनार लगायतका फलको सेवन गर्नु राम्रो हुन्छ । यस्ता केही फलहरू छन जसका कारण तपाईको मुहारमा डण्डीफोर र विविरा आइदिन्छ । खरबुजा र आप धेरै खाँदा पनि यस्ता समस्या देखिन्छन् ।
वर्षातको मौसममा बाहिर बिक्री गर्न राखिएका फलका जुश, लस्सी तथा पानीले पनि तपाईको स्वास्थ्यमा हानी पु¥याउँछ । यस्तो बेला केराउको तरकारी, आटाको रोटी तथा मकै जस्ता सुख्खा खानाको बढी प्रयोग गर्नुहोस् । किनकी वर्षातका बेला बढी तरल पर्दाथको सेवनले शरीर सुन्निने समस्या पनि देखिन्छ ।
बर्षातको समयमा पानीसँग जोडिएका धेरै बिमार हुन्छन् । त्यसकारण यतिबेला उमालेको पानी पिउन जरुरी हुन्छ । पानी फिल्टर गरेर फेरि उमालेर पिउनु अझै राम्रो हुन्छ । किनकी, पानी उमाल्दा त्यसमा रहेका सबै जिवाणुहरू नष्ट भइसकेका हुन्छन् ।
वर्षातका बेला आफू र आफ्नो परिवारका लागि खाना बनाउनु हुन्छ भने यसमा नुन कम प्रयोग गर्नुहोस् । नुन भएका खाना बढी खाँदा रक्तचाप बढ्ने सम्भावना हुन्छ । वर्षातको मौसममा रक्तचापका बिरामीहरू सावधान हुन जरुरी छ ।
आफ्नो खानपानमा निम, करेला लगायतका मौसम अनुसारका तरकारी सामेल गर्न उपयुक्त हुन्छ । यसले तपाईको छालामा देखिने एलर्जीबाट बचाउँछ । यदि तपाई यसलाई उमालेर खान चाहनुहुन्न भने थोरै तेल हालेर भुटेर खाने गर्नुहोस् ।
वर्षातका बेला सकभर दूध नखानु नै राम्रो हुन्छ । तर दुधबाट बनेका दही, मिठाइ लगायतका खानेकुरा खानु तपाईको लागि लाभदायक हुन्छ । यदी तपाई दूध पिउन चाहानुहन्छ भने सय डिग्रीमा उमालेर खाने गर्नुहोस् । यसले तपाईलाई दूधमा हुने हानिकारक जीवाणुबाट छुट्कारा मिल्छ ।

वि.सं.२०७४ साउन १४ शनिवार ०९:०४ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी...

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) ।नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...