Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न, सहभागिलाई प्रमाणपत्र प्रदान



Photojournalist training (24)

१४ साउन, भक्तपुर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले भक्तपुरका संचारकर्मीहरुका लागि आयोजना गरेको पाँचदिने व्यबसायीक फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । भक्तपुरका संचारकर्मीहरुलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उदेश्यले आयोजना गरिएको तालिमको आज समापन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले तालिमका सहभागिलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
श्रेष्ठले सयौ शब्दमा भन्न नसकिने कुरा एउटा फोटोले भन्न सक्ने भन्दै फोटो पत्रकारिताको महत्व विश्वव्यापी रुपमा बढ्दै गएकाले मध्यपुरथिमि नगरपालिकाले फोटो पत्रकारिताका लागि फोटोग्राफी स्कूल नै संचालनका लागि पहल गर्ने बताए ।

Photojournalist training (56)
त्यसअवसरमा एनएफपिजेका केन्द्रीय अध्यक्ष धु्रब आलेले यस तालिममा सहभागि फोटो पत्रकाहरुले उत्कृष्ठ फोटो खिचेर काठमाण्डौंका मंहगा क्यामरा बोक्ने फोटोग्राफर भन्दा कम छैनौ भन्ने रुपमा पहिचान स्थापित गर्न सक्षम हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मानिसले सिकेर कहिल्य पूर्ण नहुने चर्चा गर्दै तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न सके त्यही नै सफलता हुने बताएका थिए ।
त्यसअवसरमा बंगलादेशबाट आएका क्याननका बजार ब्यबस्थापक सुनिल त्रिभेदी, प्रशिक्षक मधुसुदन थापा, प्रशिक्षार्थीद्धय शुसिला सिग्देल, चन्द्र चक्रधर लगायतले थोरै समयको प्रशिक्षणमा पनि महत्वपूर्ण विषयको ज्ञान पाएकाले यसको कार्यान्वयन प्रभावकारी हुनेमा विश्वास दिलाए ।
कार्यक्रमका सभापति एवं एफएनपिजे भक्तपुर अध्यक्ष रत्नकृष्ण श्रेष्ठले फोटो पत्रकारलाई दक्ष बनाउने प्रशिक्षणको सुरुवात भएको चर्चा गर्दैै केही समयपछि नै दोश्रो तहको तालिम संचालन गर्ने बताए ।  फोटो पत्रकारिता तालीमका सहभागी फोटोपत्रकारलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
तस्बिर : एनएफपीज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी