back

फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न, सहभागिलाई प्रमाणपत्र प्रदान

वि.सं.२०७४ साउन १४ शनिवार

624 

shares

Photojournalist training (24)

१४ साउन, भक्तपुर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले भक्तपुरका संचारकर्मीहरुका लागि आयोजना गरेको पाँचदिने व्यबसायीक फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । भक्तपुरका संचारकर्मीहरुलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उदेश्यले आयोजना गरिएको तालिमको आज समापन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले तालिमका सहभागिलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
श्रेष्ठले सयौ शब्दमा भन्न नसकिने कुरा एउटा फोटोले भन्न सक्ने भन्दै फोटो पत्रकारिताको महत्व विश्वव्यापी रुपमा बढ्दै गएकाले मध्यपुरथिमि नगरपालिकाले फोटो पत्रकारिताका लागि फोटोग्राफी स्कूल नै संचालनका लागि पहल गर्ने बताए ।

Photojournalist training (56)
त्यसअवसरमा एनएफपिजेका केन्द्रीय अध्यक्ष धु्रब आलेले यस तालिममा सहभागि फोटो पत्रकाहरुले उत्कृष्ठ फोटो खिचेर काठमाण्डौंका मंहगा क्यामरा बोक्ने फोटोग्राफर भन्दा कम छैनौ भन्ने रुपमा पहिचान स्थापित गर्न सक्षम हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मानिसले सिकेर कहिल्य पूर्ण नहुने चर्चा गर्दै तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न सके त्यही नै सफलता हुने बताएका थिए ।
त्यसअवसरमा बंगलादेशबाट आएका क्याननका बजार ब्यबस्थापक सुनिल त्रिभेदी, प्रशिक्षक मधुसुदन थापा, प्रशिक्षार्थीद्धय शुसिला सिग्देल, चन्द्र चक्रधर लगायतले थोरै समयको प्रशिक्षणमा पनि महत्वपूर्ण विषयको ज्ञान पाएकाले यसको कार्यान्वयन प्रभावकारी हुनेमा विश्वास दिलाए ।
कार्यक्रमका सभापति एवं एफएनपिजे भक्तपुर अध्यक्ष रत्नकृष्ण श्रेष्ठले फोटो पत्रकारलाई दक्ष बनाउने प्रशिक्षणको सुरुवात भएको चर्चा गर्दैै केही समयपछि नै दोश्रो तहको तालिम संचालन गर्ने बताए ।  फोटो पत्रकारिता तालीमका सहभागी फोटोपत्रकारलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
तस्बिर : एनएफपीज

वि.सं.२०७४ साउन १४ शनिवार ११:२७ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...