back

२१ करोड लगानीमा १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापना हुने

वि.सं.२०७४ साउन १४ शनिवार

546 

shares

mahadev

काभ्रे । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रे पलान्चोकको बनेपा नगरपालिकाको दोभानमा रहेको कलमसी–नगरकोटमा २१ करोड लगानीमा १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापना हुने भएको छ ।
कांग्रेस नेता प्रकाशमान सिंहको प्रमुख आथित्यमा शुक्रबार उक्त १ सय ८ फिट अग्लो महादेवको मूर्तिको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले जनप्रतिनिधिहरुलाई स्थानीयबासीको भावना अनुसार काम गर्न सुझाव दिए ।
मूर्ति शिलान्यासका कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । जमीनबाट ४० फिट गहिराई र जमिन सतहबाट १ सय ८ फिट अग्लो ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेवको मूर्ति स्थापना गर्न लागिएको हो ।

कल्पेश्वर महादेव मूर्ति स्थापनाको लागि कलमसीको ८२ रोपनी खुल्ला चरणक्षेत्र कालिकाकल्पेश्वर महादेव मन्दिरको नाउँमा केही वर्षअघि भोगाधिकार आइसकेको छ । महादेवको मूर्ति स्थापना भएपछि पर्यटकहरुको आगमन बढ्ने र त्यसले दुबै जिल्लाको विकास निर्माणको कामलाई अघि बढाउन सहज हुने स्थानीयबासीहरुको धारणा छ ।

वि.सं.२०७४ साउन १४ शनिवार ११:३३ मा प्रकाशित

Himalayan Life AD
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...