Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते



१५ साउन, इटहरी । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस शनिबार अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ ।दुर्घटनामा अरु पाँच यात्रु घाइते भएका छन् ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको उक्त यात्रुवाहक बस तीव्रगतिका कारण सडकदेखि पाँच मिटर तल खसेको थियो ।

 दुर्घटनामा गम्भीर घाइते भएका विकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 घाइते पाँचैजनाको इटहरीस्थित स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी