Logo
४ माघ २०७८, मंगलवार
     Tue Jan 18 2022
E-paper
  English Edition
   Unicode
Logo

रुपन्देही सेवा समाज युएईले तीज मनाउने



rupandhi-samaj1लालबहादुर ढेंगा, युएई । आगामी १८ अगस्त शुक्रबारका दिन दुबईको होलीडे ईन होटलमा नेपालबाट आउने अतिथि कलाकारहरुका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीमा “तीज बिशेष सांझ २०७४” सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरिने भएको छ । सो कार्यक्रम महिलाहरुको महान पर्व तीजको अवसर पारेर रुपन्देही सेवा समाज युएईले विगतमा जस्तै यसपालि पनि गर्न लागेको हो ।
उक्त कार्यक्रममा नेपालबाट आउने अतिथि कलाकारहरु चर्चित लोक गायक खुमन अधिकारी, लोक गायिका निर्मला थापा मगर र नायिका, मोडल तथा नृत्यगना बिना थापाका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरु भुवन मगर, कमल बिक, नरेन सापकोटा, बाबुराम परियार, सोनु राना, सुदीप गैरे, हरि डुम्रे, नविन अर्याल, शानिका थापा र अर्जुन न्यौपानेको प्रस्तुतीहरु रहने छ ।
महिलाहरुको पर्व नजिकिदै जांदा युएईमा तीजको चहलपहल तिब्र रुपमा बढ्न थालेको छ । तयारीका लागि बजारमा महिलाहरुको घुईचो लागेको देख्न सकिन्छ । वैदेशिक रोजगारीका सिलसिलामा प्रवासको भूमिमा रहेता पनि यसपालिको तीजमा भने नेपालबाट आउने कलाकार खुमन अधिकारी, निर्मला थापा र बिना थापाका साथ छमछम्ती नाचेर माईतीको सम्झना मिटाउने भएका छन् । यस कार्यक्रमका लागि युएईस्थित कार्यरत दाजुभाई तथा दिदीबहिनीहरु निकै उत्साहित भएको पाईन्छ ।
नेपालबाट आउने अतिथि कलाकारहरु युएईको दर्शकहरुका लागि नौलो होईन, खुमन अधिकारी पाचौं औं पटक आउंदै छ भने निर्मला थापा मगर दोस्रो पटक आउंदै छ । त्यसैगरी बिना थापा पनि तेस्रो पटक आउने भएको हो । परिचित कलाकारहरु भएकाले धुलो उडाउने पूर्व तयारी भएको पाईन्छ । कार्यक्रम हुने विशाल हलमा नाच्न र बस्नको लागि बिशेष व्यवस्था पनि गरिएको छ ।
सन् २०१४ मा रुपन्देही वासीहरुको पहलमा स्थापना भएको रुपन्देही सेवा समाज युएईले स्थापनाकालदेखि उद्धार कार्यहरुमा आफ्नो सहभागिता जनाउंदै विभिन्न पर्वहरु पनि मनाउंदै आएका छन् । आयोजक समिति कार्यक्रम तयारीका लागि सशंक्त रुपमा लागिपरेको छ । कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा रहेको जानकारी अध्यक्ष हरिप्रसाद चापागाईले दिएको छ । यसै समाचारको आधारमा उपस्थितिका लागि सबैलाई आग्रह समेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक