back
CTIZAN AD

गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिका आउदै

वि.सं.२०७४ साउन १५ आइतवार

795 

shares
anju-pantविजय थापा,वाशिंगटन डिसी।  नेपाली गायन क्षेत्रमा उच्च स्थान ओगटेकी प्रख्यात गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिकाको डिसी आउने भएकी छिन् l नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जस मध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् ।

नेपाली चलचित्रका लागि थुप्रै गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । उनको सर्वप्रिय गीत ‘न बिर्से तिमीलाई’ सर्वाधिक चर्चित गीत हो । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा पहिलो प्रस्तुतिमा कलाकार अन्जु पन्त लाई बोलाउने भएको हो

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया को मनासस शहरमा मा आगामी अगस्त १३ तारिख हुने भएको ईनास का पदाधिकारीले बताएका छन्  ।  अन्तरराष्ट्रिय नेपाली कलाकार समाज भर्जिनिया शाखाका कृष्ण श्रेष्ठले ईनेप्लिज संग कुरा गर्दै छोटो समय भएकोले यस क्षेत्रका सबै नेपाली समुदायलाई परिवार सहित आई दिन आग्रह गरेका छन्  ।

यसै गरि ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कलाकार अन्जु पन्त लामो समय पछि अमेरिका आउने भएकोले हौसला दिन समुदायलाई बिशेष अनुरोध गरेका छन् ।  गायिका अन्जु पन्त ले दिएको संदेश सुन्न यहाँ थिच्नु होला  ।

वि.सं.२०७४ साउन १५ आइतवार ०९:०८ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...