
१६ साउन, एजेन्सी । वर्सिलोनाका सुपर स्टार नेयमारले वार्सा छोड्ने सम्भावना निके बढेको छ । वार्सा छाडेर पिएसजी जान लागेका नेयमारले वार्साको लागि अन्तिम खेल तथा अन्तिम एएल क्लासिको खेलेको हुन् सक्ने सपेनिश न्युज पेपर डन ब्यालोनका अनुसार आइतबार बिहान भएको इएल क्लासिकोको खेलपछि नेयमारले मेस्सीले गुडबाई भनेको जनाएको छ । खेलपछि मेस्सीले भावुक हुदै नेयमारलाई बिदाई गरेको जनाइएको छ । मेस्सीले भावुक हुदै नेयमारलाई आगामी भविष्यको शुभकामना समेत दिएका छन् ।
यसै गरि नेयमारले रियल म्याड्रिडको ड्रेसिङ रुममा समेत १५ मिनेट बिताएका छन् । उनले वार्सासँगको अन्तिम खेल भन्दै प्रतिद्वन्द्धी क्लबका खेलाडीहरुलाई समेत बिदाई गरेका छन् ।
यो सगैँ नेयमारले वार्सा छाडेर पिएसजी जाने सम्भावना बढेर गएको छ । नेयमारलाई किन्न फ्रेन्च क्लब पिएसजीले १९५ मिलियन पाउन्ड खर्च गर्ने भएको छ ।
वि.सं.२०७४ साउन १६ सोमवार ०९:२६ मा प्रकाशित