back

नेपाली समाज ओमानको महाधिवेशन सम्पन्न,अध्यक्षमा राई

वि.सं.२०७४ साउन १६ सोमवार

627 

shares

oman1नेपाली समाज ओमानको सातौं महाधिवेशन २८ जुलाइका दिन सम्पन्न गरेको छ ।  ओमानको राजधानी मस्कटस्थित हाईएस्ट माउन्टेन रेष्टुरेन्टको सभाहलमा भब्यरूपमा सम्पन्न भएको छ । नेपाली समाज ओमानका तत्कालीन उपाध्यक्ष योगेश वानु राईको सभाअध्यक्षमा शुरु भएको सातौं महाधिवेशनको प्रमुख र विशिष्ट अतिथिको रुपमा नेपाली राजदूतावास मस्कट ओमान की राजदूत सर्मिला पराजुली ढकाल र गैरआवसिय नेपाली संघ मध्यपूर्व क्षेत्रीय संयोजक डिबि क्षेत्री रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजदुत पराजुलीले दूतावासले हालै गर्दै आईरहेका विभिन्न गतिविधिहरुलाई प्रकाश पार्दै महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।

त्यसैगरी बिशिस्ट अतिथिको रुपमा सम्बोधन गर्दै एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक डिबि क्षेत्रीले ओमानमा रहेका सबै नेपाली संघ–संस्थाको काम र उदेश्य सामाजिक सेवा भएको बताउंदै छरिएर छुट्टाछुट्टै कार्यक्रमहरु गर्नुभन्दा सबै संघसंस्थाहरुले सहकार्य गरेर प्रभावकारी कार्य गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । साथै संयोजक क्षेत्रीले ओमानमा कार्यरत नेपालीहरुलाई आईपर्ने समस्याहरुलाई तुरुन्तै समाधान गर्न दूतावासको संरक्षकमा सबै नेपालीहरु मिलेर आपतकालीन राहत कोष निर्माण गर्नुपर्ने जरुरी रहेको बताएका थिए । यसको लागि कसरी गर्न सकिन्छ भन्ने विषयमा उनले संभावनाको उदाहरण पनि दिएका थिए ।

oman2
उक्त महाधिवेशन कार्यक्रममा गैरआवासीय नेपाली सामाजिक क्लब ओमानका अध्यक्ष दिपक श्रेष्ठ ,जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल ,अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय महासचिव शोभाकान्त लामिछाने, नेपाली एकता समाज ओमानका अध्यक्ष छबिलाल बस्नेत, प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की,जनप्रगतिशील मञ्च ओमानका अध्यक्ष उमेश बिक, बिबेकशिल साझा पार्टिका ओमान संयोजक जीवन कार्की, बुद्ध भिजन ओमानका सल्लाहकार ओमकार तामाङ,नेपाली महिला समाज ओमानकी अध्यक्ष उमा ढुंगाना लगायत ओमानमा क्रियाशिल रहेका अन्य संघ संस्थाका प्रतिनिधिहरुले अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

सोही अवसरमा नेपाली समाज ओमानलाई विभिन्न समयमा सहयोग पुर्याउने ब्यक्तिहरु तथा भुपुअध्यक्षहरुलाई संस्थाले सम्मान पनि गरेको थियो । सम्मानित हुने ब्यक्तिहरुलाई प्रमुख अतिथी राजदुत सर्मिला पराजुली ढकालले खादा र सम्मानपत्रले सम्मान गरेकी थिईन् ।
महाधिवेशनमा आगामी कार्यकाल (२०१७–२०१९) को लागि सबै पदाधिकारीहरु सर्वसहमतिमा पहिले नै चयन भएको हुंदा बन्दसत्र गर्नुपर्ने आवश्यकता रहेको थिएन् । सर्वसहमतिमा चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा योगेश बानु राई, उपाध्यक्षद्वय जीवन कुमार ढुंगाना र छबिलाल राना, महासचिव दिल रोक्का,सचिव सन्देश चाम्लिङ राई र बेल पुल मगर, कोषाध्यक्ष पार्वती श्रेष्ठ सहकोषाध्यक्ष भरत जंग राई प्रमुख सदस्यहरुमा कमल महत, देबि बहादुर कार्की, सज्जन सुब्बा, रबि तामाङ, राज गौतम, अर्जुन सिलवान, गोम सारु मगर, चक्रम घले रहेका छन् ।
त्यसैगरी समाजको सल्लाहकारहरुमा किरण राई, मादी गुरुङ, सुनसरी कार्की, गोमा थापामगर, रन्जित आचार्य, तोलाकान्त भट्टराई (प्रेम), ,ओमकार तामाङ, योगेन्द्र श्रेष्ठ –दिपक), बिकाश गुरुङ, वेदनिधी आचार्य रहेका छन् ।
निर्वाचित सबै पदाधिकारीहरुलाई प्रमुख अतिथि नेपाली दूतावास की राजदुत सर्मिला पराजुलीद्वारा पद तथा गोपनियताको सपथ खुवाईएको थियो ।
ओमानमा कार्यरत सयौं नेपालीहरुको उल्लेखनीय सहभागीता रहेको उक्त महाधिवेशन समारोहको संचालन दिल रोकाले गरेका थिए ।
सन् २००३ देखि ओमानमा ‘नेपाली समाज ओमान’ स्थापना भएको हो । यस संस्थाका संस्थापकको रुपमा विशेषत ः देब तिवारी, रेशम गुरुङ र हरि सिंजाली मगरलाई चिन्ने गरिन्छ ।

वि.सं.२०७४ साउन १६ सोमवार ११:११ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...