back

राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

वि.सं.२०७४ साउन १६ सोमवार

387 

shares
GLOBAL IME AD
NTC AD

१६ साउन, काठमाडौँ  । नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु हुने सो प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिताअन्तर्गत खुलामा दुई, कलेजमा चार, स्कूलमा आठ, खेलकुद पत्रकारमा दुई, दृष्टिविहीनमा दुई, शारीरिक अपाङ्गमा चार तथा भेट्रानमा पनि समान चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

खुलातर्फ पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यसमा पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु १० हजार तथा तेस्रोले रु पाँच हजार पुरस्कार पाउनेछन् । बाँकी स्पर्धामा नगद पुरस्कार राखिएको छैन्, आयोजकले जनाएको छ ।

दुई सय ६० खेलाडी प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता साउन २१ गतेसम्म सञ्चालन हुनेछ । रासस

वि.सं.२०७४ साउन १६ सोमवार १३:४६ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...