back

पाँच दिनभित्र तत्कालीन र दीर्घकालीन सूची बुझाउन निर्देशन

वि.सं.२०७४ साउन १६ सोमवार

468 

shares
GLOBAL IME AD
NTC AD

१६ साउन, काठमाडौँ  । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले आज मन्त्रालय मातहतका ललितपुरस्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, कर्मचारी प्रशिक्षण प्रतिष्ठान र निजामती किताबखानाको निरीक्षण गर्दै तिनका प्रमुखलाई पाँच दिनभित्र तत्काल गर्नुपर्ने र दीर्घकालीन कामको सूची मन्त्रालयमा बुझाउन निर्देशन दिनुभएको छ ।
उहाँले ती निकायलाई संघीयताको संरचनानुसार अगाडि बढाउनसमेत निर्देशन दिनुभएको उहाँका स्वकीयसचिव तिलकराज ओलीले बताउनुभयो । उहाँले दुई प्रतिष्ठानलाई चाँडै संघीय संरचनानुरुप सात वटै प्रदेशमा कर्मचारीलाई तालिमको व्यवस्थापन गर्न तथा निजामती किताबखानालाई संघीय संरचनामा लैजानका लागि योजना बनाएर मन्त्रालयमा पेश गर्न आग्रह गर्नुभयो ।

निरीक्षणका क्रममा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने, कर्मचारी प्रशिक्षण प्रतिष्ठानका महानिर्देशक शैलेन्द्र गिरी र किताबखानाका महानिर्देशक केशवप्रसाद आचार्यले आ–आफ्ना निकायको अवस्थाबारे मन्त्री बस्नेतलाई जानकारी गराउनुभएको थियो । रासस

वि.सं.२०७४ साउन १६ सोमवार १३:५५ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...