back

बाजुराका सोह्र गाउँ पहिराको उच्च जोखिममा

वि.सं.२०७४ साउन १७ मंगलवार

447 

shares

१७ साउन, बाजुरा । लामो समयको खडेरीपछि आएको ठूलो वर्षाले जोखिम उठाउँदै घरभित्र बस्दै आएका छन् ।

नौ स्थानीय तहमध्ये १६ गाउँ पहिराको उच्च जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका करिब ४४ गाउँ बढी जोखिममा छन् । आटिचौर गुम्लागाउँ दुवैतिरबाट पहिरो आए पनि उनीहरुलाई अन्यत्र कुनै जाने ठाउँ नभएकाले सात वर्षदेखि पहिराको छेउमै बस्दै आएको स्थानीयवासी मन्धिेर रावतले बताउनुभयो । उहाँका अनुसार शदियौँदेखि सोही ठाउँमा बस्दै आए पनि पानी परेका बेला रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।

जिल्लाका ब्रह्मतोला, छतारा, कुल्देवमाण्डौ, आटिचौर, गुदुखाती बाधु, साप्पाटा, कैलाशमाण्डौ, कोल्टी, रुगिन, जुगाडालगायत गाउँ बढी जोखिमा रहेको निमित्त प्रजिअ खगेन्द्रबहादुर मल्लले बताउनुभयो ।

बाढीपहिराको जोखिममा रहेका गाउँका लागि प्रकोपको पूर्वतयारी भएको छ । प्रकोपपूर्व तयारी कार्ययोजना बनेकाले त्यही आधारमा उद्धार गरिने मल्लकोे भनाइ छ । त्रासदीमा रहेका जनतालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । उद्धारका लागि जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयसँग समन्वय गरी राहत उपलब्ध गराइने बताइएको छ । जिल्लामा रहेका नेपाली सेना र नेपाल प्रहरीलाई सामाजिक उद्धारमा तयार रहन भनिएको छ ।

विसं २०६४ यतादेखि जिल्लाका विभिन्न गाउँमा पहिरामा परी ३१ जनाभन्दा बढीले ज्यान गुमाएको जनाइएको छ छ । पछिल्लो समयमा अनुमान नै नगरिएको ठाउँमा एकाएक सुख्खायाममा नै पहिरो जान थालेको स्थानीयवासी भोजराज श्रेष्ठले बताउनुभयो ।

गुइगाड खोलाले पाँच गाविसलाई क्षतविक्षत पारेको छ । राति पानी पर्दा बासिन्दाहरु घर छाडेर नजिकैका विद्यालयमा बसोबास गरेको ब्रह्मतोलाका खडकराज जोशीले बताउनुभयो । पहिरामा परी २०६९ जेठ १९ गते बाधुमा पाँच जनाले ज्यान गुमाएका थिए भने कतिपयले बालबालिका र धनमाल नै गुमाउनुपरेको थियो । पहिरामा परेकाहरुले प्रतिपरिवार रु पाँच हजारका दरले राहत पाएका थिए । कतिपयले भाँडाकुडा मात्र पाएको स्थानीयबासीले बताएका छन् ।

विसं २०७१ जेठ २४ गते फेरि पहिरो दोहोरी तीन जनाको मृत्यु भयो, करोडौँको धनमाल क्षति भयो । त्यतिबेला गृहमन्त्री वामदेव गौतम र सभासद्ले स्थलगत अनुगमन गरी विभिन्न विषयका व्यक्तिको टोली बनाएर कोल्टीमा पठाउने आश्वासन दिए पनि हालसम्म त्यहाँको अनुगमनका लागि गठन गरिएको टोली बाजुरामा आउन सकेको छैन ।

गत वर्षदेखि बाजुरामा बस्ती विस्तारको चर्चा चल्दै आएको छ । बस्ती विस्तारका लागि आगामी वर्षमा संसद्बाट रु ७१ करोड विनियोजन भएको छ ।

वि.सं.२०७४ साउन १७ मंगलवार ०४:१० मा प्रकाशित

Himalayan Life AD
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...