back

खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपरेको छ – मन्त्री केसी

वि.सं.२०७४ साउन १७ मंगलवार

498 

shares
IME Limited
NTC AD

rajendra

१७ साउन, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगत्मा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
उहाँले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको भौतिक पूर्वाधारको निरीक्षण गर्दै खेलाडीलाई प्रतिस्पर्धी बनाउनका लागि के गर्न सकिन्छ र तालिममा के कस्ता समस्या छ भन्ने पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री केसीले राष्ट्रिय टोलीको तयारीका बारेमा सम्बन्धित खेलका प्रशिक्षकसँग कुराकानीसमेत गर्नुभयो । उहाँले कराँते, एथ्लेटिक्स, तेक्वान्दो, बक्सिङलगायत खेलका राष्ट्रिय टोलीको पनि निरीक्षण गर्नुभयो ।
त्यसक्रममा राखेप सदस्य सचिव विष्टले विभिन्न खेल संघका पदाधिकारीका साथै प्रशिक्षकका बारेमा जानकारी दिनुभएको थियो । मन्त्री केसीसँग मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि हुनुहुन्थ्यो । रासस

वि.सं.२०७४ साउन १७ मंगलवार ०६:२३ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...