Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए सोसल क्लब ओमानमा पुन : अध्यक्ष बन्ने सम्भावना श्रेष्ठकै



nrna-omanचित्र प्रसाद, ओमान । गैरआवासीय नेपाली सोसल क्लब ओमानको चौथो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।
‘सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, नेपाल र नेपालीको लागि समृद्धिको आधार’ भन्ने मूलनाराका साथ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमानको यहि आउने अगस्ट ४ तारिक शुक्रबारका दिन राजधानी मस्कट स्थित कैरिफोरसंगै रहेको फुड हाउस बर्कामा बिहान ११ बजे हुने भएको छ ।
उक्त चौंथो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एन आर एनए सामाजिक क्लब ओमानले जनाएको हो ।
अब निर्वाचित हुने कार्यसमितिको म्याद २ बर्ष को रहनेछ । बैधानिक रूपमा नेपाल सरकारबाट मान्यता पाएको यो संस्थाले ओमानमा भने २७ फेब्रुअरी २०१७ देखि गैरआवसीय नेपाली सामाजिक क्लब ओमानको नामबाट आधिकारिकता पाएको हो ।
महाधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको बताउदैं क्लबका अध्यक्ष दिपक श्रेष्ठले उक्त दिन सबै नेपाली दाजुभाइ, दिदि बहिनिलाई उपस्थित भै महाधिवेशनलाई सफल बनाईदिनु हुन अनुरोध समेत गरेका छन् । कार्यक्रमलाई अल मुधिसले प्रायोजन गरेको छ । महाधिवेशनको मिडिया पार्टनरमा कान्तिपुर, बज्जिका पत्रकार संघ ओमान, डिसि नेपाल, नेपाल ओमान डटकम र रोजगार मञ्च डटकम रहेको छ ।
महाधिवेशनको प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास मस्कट ओमानकी राजदूत शर्मिला पराजुली ढकाल तथा बिशिष्ट अतिथिको रूपमा गैरआवसीय नेपाली संघ खाडी संयोजक डिबि क्षेत्री रहने बताइएको छ । अतिथीको रुपमा गैरआवसीय नेपाली संघ साउदी अरब, कतार, युएईको केन्द्रीय समितिका प्रतिनिधिहरु पनि ओमान आउने अध्यक्ष दिपक श्रेष्ठले बताए ।
महाधिवेशनका लागि कान्तिपुरका पत्रकार होम कार्की उपस्थित हुने जानकारी गराइएको छ । एनआरएनए सोसल क्लब ओमानको चौथो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निर्वाचन समिती २०१७ को उम्मेदवारी सम्बन्धि अन्तिम विवरण यस प्रकार रहेको छ ।
प्रत्यक्ष निर्बाचित हुने संख्या २१

उम्मेदवारी दर्तामा परेको संख्या २१

पद जम्मा           संख्या                          उम्मेदवारी संख्या
अध्यक्ष                १                                                  १
उपाध्यक्ष           २                                                     २
महासचिव        १                                                       १
सचिव             १                                                         १
कोषाध्यक्ष       १                                                         १
सहकोषाध्यक्ष  १                                                        १
प्रवक्ता            १                                                        १
युवा संयोजक   १                                                       १
महिला संयोजक १                                                    १
केन्द्रिय सदस्यहरु ११                                             ११
अध्यक्षमा पुन स् श्रेष्ठले मात्रै उम्मेदवारी दिएको र उनको प्रतिपक्षमा कसैले पनि उम्मेदवारी दर्ता नगरेको कारण श्रेष्ठनै अध्यक्ष हुने संभावना प्रबल छ ।
कुनै पनि पदमा माग संख्या भन्दा बढीको उम्मेदवारी नपरेको हुनाले सर्बसम्मतिमा नै समिति चयन हुने र अन्तिम उम्मेदवारी को नामावली प्रकाशित गरिएको गैर आवासिय सामाजिक क्लब ओमान का अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराउनु भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक