back

एनआरएनए ओमानले सबैलाई समेट्न नसकेको भन्दै दूतावासलाई ज्ञापनपत्र

वि.सं.२०७४ साउन १८ बुधवार

504 

shares

onf&yakataराजु कुमार श्रीवास्तव, ओमान । गैरआवासीय नेपाली सामाजिक क्लब ओमानले सबैलाई समेटेर जान नसकेको भन्दै ओमानमा क्रियाशील संगठन प्रवासी नेपाली मञ्च ओमान र नेपाली एकता समाज ओमानले संयुक्त रुपमा नेपाली राजदुतावास मस्कट लाई ज्ञापनपत्र बुझाउदैं ध्यानाकर्षण गराएको हो ।

प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की र नेपाली एकता समाज ओमानका अध्यक्ष छबिलाल बस्नेतद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा साउदी स्थित नेपाली राजदूत उदय राज पान्डेको कार्यकाल देखिको प्रयासमा ओमानमा बहाल रहेका पूर्वराजदूतहरुको रोहवरमा नेपाली संघसंस्थाहरुबीच भएको छलफलमा ओमानमा सबै नेपालीहरुलाई समेट्ने गरी नेपाली सामाजिक क्लब दर्ता गर्ने सहमति भएको तर हाल आएर गैरआवासीय नेपाली संघ ओमानले एक्लौटी ढङ्गले गैरआवासीय नेपाली सामाजिक क्लब दर्ता गराएकोमा आपत्ति जनाउँदै ओमान सरकारको कानुन अनुसार कुनै एक क्लब मात्र दर्ता गर्न मिल्ने भएको हुँदा कुनै एक संस्था विशेषको नाममा नभई सबै नेपालीको साझा नेपाली सामाजिक क्लब दर्ता गर्नको लागि पहल गर्नुपर्ने माग गरिएको छ ।

गैरआवासीय संघ ओमानले आफ्नो संस्था मात्रै अट्ने हिसाबले कथित (गैरआवासिय नेपाली सामाजिक क्लब) भनेर संस्था दर्ता गर्नु जायज नभएको बताउँदै आगामी अगस्ट ४ मा हुन लागेको एनआरएनए ओमानको चौंथो महाधिवेशन रोक्न पनि उक्त ज्ञापन पत्रमा माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ ‘जब सम्म सबै नेपाली अट्न सक्ने किसिमको बिधान तयार गरि पूर्व सहमती अनुसार संस्थाको नाम नेपाली सोसियल क्लब बनाईँदैन तब सम्मको लागि उक्त दिन हुन गइरहेको महाधिवेशन स्थगन गराई सबै नेपाली समेट्ने नेपाली सोसियल क्लब बनाउने प्रकिया अगाडी बढाउन दूतावासले पहल गरिदिनुहुन अनुरोध गरिन्छ ।’ ज्ञापनपत्रमा भनिएको छ यो बिषयमा सुनुवाइ नभए ओमान स्थित अन्य सम्बन्धित निकाय सम्म जाने पनि अवगत गराइएको छ ।

यसै बिच गैरआवासिय नेपाली संघ ओमानका अध्यक्ष दिपक श्रेष्ठले यी सबै कुराहरु गलत भएको बताएका छन् । उनले भनेका छन् ‘हामी नेपाल र नेपालीका लागि गर्ने मनसाय अगाडि बढेको संस्था हो कसैले पार्टीको झण्डा हाल्न पाएन भनेर बहाना झिक्नु कुनै नैतिकताले दिदैन । गैरआवासीय सोसियल क्लबको बिधानले कुनैपनि नेपालीलाई आवद्व हुन बाट बन्चित गरेको छैन, समावेश भइ साथमा काम गर्न ईच्छुक नेपाली लाई स्वागत गरिन्छ र गरिनेछ ।

ओमानमा नेपाली एउटा संस्था दर्ता गराउनु पहिले देखि नै सबैको चाहाना तथा आवश्यकता रहेकोले सबै नेपालीलाई समेट्ने खालकै गैरआवासीय नेपाली सामाजिक क्लब स्थापना गरिएको छ । यसमा अहिले विवाद ल्याउनु उपयुक्त नभएको अध्यक्ष श्रेष्ठले बताएका छन् । उनले जो कोहि नेपाली लाई पनि संस्थामा आउन सधै भरी बाटो खुल्ला छ र स्वागत गर्नको लागि गैरआवासीय सोसियल क्लब ओमान पर्खिरहेको हुनाले बिनासंकोच संस्थामा आबद्व हुन पनि आग्रह गरेका छन् ।

यस विषयमा एनआरएनए मध्यपूर्व संयोजक डि बि क्षेत्री भन्छन ‘समाज हो यस्ता कुरा आउछा् । हामी समझदारीका साथ सहकार्य गरेर अगाडि बढनु पर्छ ।’

वि.सं.२०७४ साउन १८ बुधवार १३:१३ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...