back

एनआरएनए जाम्बियामा नयाँ नेतृत्व, प्रत्येक बर्ष ‘नेपाल डे’ को आयोजना गरिने

वि.सं.२०७४ साउन १९ बिहीवार

525 

shares

nrna-jambiya-2074-2

अफ्रिकी मुलुक जाम्बियाको गैरआबासिय नेपाली संघको तेस्रो साधारणसभा लुसाकामा सम्पन्न भएको छ । सभाले डा. बिशालनाथ उप्रेतीको अध्यक्षतामा सन २०१७- २०१९ का लागि नयाँ कार्यसमिती चयन गरेको छ । जसमा शंकर सुनुवार उपाध्यक्ष, प्रमोद शर्मा महासचिव, मोतीलाल श्रेष्ठ सचिब, भिमबहादुर बम कोषाध्यक्ष र सदस्यहरुमा डा. किशोर अधिकारी,पोषणराज बस्नेत, सन्ध्या खनाल, खेम नारायण पौडेल, शोभा सुनुवार र इन्दिरा उप्रेती रहेका छन ।

त्यसैगरी सभाले बिदुर खनाल, अङ्गिरा आचार्य, सबिता आचार्य, नर्मदा आचार्य ढकाल, डा. रामजी ढकाल, डा. प्रकाशचन्द्र घिमिरे, रजनी श्रेष्ठ र केशब श्रेष्ठलाई सल्लाहकारमा चुनेको छ ।

nrna-jambiya-2074-1सभामा अध्यक्ष बिदुर खनालले एनसिसि जाम्बियाको सन २०१५- २०१७ को प्रगती विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भिमबहादुर बमले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए, जसलाई सभाले सर्बसम्मत रुपमा अनुमोदन गरेको थियो ।

डा. प्रकाशचन्द्र घिमिरे संयोजक र रजनी श्रेष्ठ, इश्वर भुषाल सदस्य रहेको निर्बाचन समितीले निर्बाचन प्रक्रिया सन्चालन गरेको थियो । सभाले जाम्बियामा प्रत्येक बर्ष ‘नेपाल डे’  को आयोजना गरि नेपालको पर्यटन र सस्कृतीको प्रबर्द्धन गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७४ साउन १९ बिहीवार ०२:३६ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...