back

धौलागिरिकै पहिलो मानवनिर्मित पोखरीको संरक्षण शुरू

वि.सं.२०७४ साउन १९ बिहीवार

579 

shares

pokhari

१९ साउन, बेनी (म्याग्दी) । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरमा धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित बुढोपोखरीको संरक्षणका लागि काम शुरू भएको छ । ऐतिहासिक महत्व बोकेको बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्ने पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् ।

सन् १८४० मा रत्नेचौरमा खानेपानीको अभाव भएपछि निर्माण गरिएकोे पोखरी संरक्षणको अभावमा जीर्ण बनेपछि पटक–पटक संरक्षणको पहल भएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “गिर्वाणयुद्ध विक्रम राजाले उपहारस्वरुप दिएको जग्गामा पोखरी बनाइएको हो । पोखरी बनेपछि मानव बस्तीको विस्तार भएको किम्बदन्ती छ”, वडाध्यक्ष रावलले भन्नुभयोे ।

अध्यक्ष रावलका अनुसार गिर्वाणयुद्ध विक्रमको पालामा दिइएको जग्गामा स्थानीय वसन्त बोगटीका बाजेको सन् १८३६ मा लडाइँमा मृत्यु भएपछि बोगटीको स्मृतिमा विभिन्न स्थानबाट ठूलो जनशक्तिको प्रयोग गरी पोखरी निर्माण र बस्ती विस्तार गरिएको थियो । बुढोपोखरीलाई अञ्चलकै पहिलो मानवनिर्मित पोखरी भएको दाबी समेत गर्ने गरिएको छ ।

तत्कालीन समयमा आफ्ना हजुरबुवाले युद्धमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिँदा यहाँका ठूला समाजसेवी वसन्त बोगटीले रत्नेचौर, रघुगंगा गाउँपालिकाको पिप्ले, मुस्ताङको मुक्तिनाथलगायतका स्थानमा सयौँ रोपनी जग्गा उपहार पाएका थिए । ती जग्गा वसन्त सदावर्त गुठी अन्तर्गत रहेका छन् । वसन्त वोगटीको पनि करिब आधा शताव्दी अगाडी नै निधन भइसकेको छ भने उनका सन्तान यहाँ रहेका छन् । करिब तीन दशकसम्म पोखरीमा जम्मा भएको खानेपानी प्रयोग गर्ने गरिएको स्थानीय बूढापाकाको भनाइ छ ।

पोखरी संरक्षणमा जुटेका स्थानीयलाई बेनी नगरपालिकाबाट रु ४० हजार, जिल्ला भू–संरक्षण कार्यालयबाट रु एक लाख प्राप्त भएको छ । त्यसैगरी स्थानीयले रु एक लाख ५० हजारको जनश्रमदान गरी पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास भइरहेको छ ।

स्थानीयतहको निर्वाचनलगत्तै जनप्रतिनिधिले गाउँमा अति आवश्यक र अलपत्र परेका योजनालाई प्राथमिकता दिइरहेका छन् । जनप्रतिनिधिको सक्रियताले जनश्रमदानमा समेत आनाकानी गर्ने स्थानीयवासीलाई दबाबका साथै बजेट दुरुपयोग समेत रोकिएको छ ।

“यसलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा छाँै”, भानु माविका प्रधानाध्यापक भरत खत्रीले भन्नुभयो । प्रअ खत्रीका अनुसार करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा समेत बगँैचा विस्तार गर्न सात रोपनी जग्गा रहेको छ । करिब २२० मिटर माथि ढोरेनीखोलाबाट ल्याइएको पानी पोखरीमा हालिएको छ ।

छिमेकी जिल्ला बागलुङबाट २० मिनेट, म्याग्दीको सदरमुकाम बेनीबाट २५ मिनेट र पर्वत जिल्लाको कुस्माबाट एक घण्टामा रत्नेचौरमा रहेको सो पोखरीमा पुग्न सकिन्छ ।

वि.सं.२०७४ साउन १९ बिहीवार ०६:२३ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...