back

खानेपानी सुचारु नहुँदा स्थानीयवासी मर्कामा

वि.सं.२०७४ साउन १९ बिहीवार

108 

shares
NTC AD
Global IME AD
 १९ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् ।

झण्डै ३२ किलोमिटर टाढा दलिङ पासेखोलाबाट ल्याइएको खानेपानी मुसिकोट नगरपालिका–२ का मुसिकोटका विभिन्न स्थानमा पाइप जीर्ण बन्दै जाँदा खानेपानी जडान गरिएका पाइप टुटफुट भइरहेको र मोटरबाटो खनेका स्थानमा वर्षात्ले गर्दा पहिरोले पाइप बगाउने र पुर्ने जस्ता समस्याले खानेपानी अवरुद्ध भएको मुसिकोट–बडागाउँ उपभोक्ता समितिका सचिव घिमिरेले जानकारी दिनुभयो । साथै, खानेपानी सुचारु हुन करिब एक हप्ता लाग्ने समितिका सचिव घिमिरेले जानकारी दिनुभयो ।

खानेपानी सुचारु नहुँदा तीन वडाका झण्डै २५० घरधुरीका उपभोक्ताले घण्टौँ लगाएर आफ्नो नजिकका कुवा, कुलेसामा खानेपानी लिनुपर्ने बाध्यता रहेको छ । यसरी पटकपटक खानेपानी अवरुद्ध भइरहँदा खानेपानी नियमितरुपमा सुचारु नहँुदा स्थानीयवासीलाई निकै समस्या भइरहेको छ ।

वि.सं.२०७४ साउन १९ बिहीवार ०६:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...