back

स्क्रब टाइफसबाट धनगढीमा छ पीडित

वि.सं.२०७४ साउन २० शुक्रवार

462 

shares

scrub-typhus२० साउन, धनगढी । मुसामा लाग्ने एक प्रकारको किर्ना नामको कीराको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’को संक्रमणबाट दुई सातायता कैलालीमा केही व्यक्ति पीडित भएका छन् ।

सेती अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका ४० वर्षमुनिका छ जनामा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा भर्ना भएका सवै बिरामीलाई भेन्टिेलटरमा राखेर उपचार गरिएकामा तीमध्ये दुई जना उपचारपछि घर फर्किएको र अन्यको उपचार भइरहेको छ ।

रोगका कारण गत वर्ष कैलालीमा १५२ जना संक्रमित भएकामा चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । किर्नामा सो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाई टोकेमा स्क्रब टाइफसको संक्रमण हुने चिकित्सक बताउँछन् ।

किर्नाले टोकेको ठाउँमा घाउ हुनु, शरीरमा बिमिरा देखिनु, टाउको दुख्नु, अत्यधिक ज्वरो आउनु र शरीरका विभिन्न भाग दुख्नु रोगका लक्षण हुन् । समयमै स्वस्थ्य परीक्षण गरी उपचार गरेमा रोग निको हुने भएकाले रोगको शंका लाग्नासाथ अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

स्क्रब टाइफसको समयमै उपयुक्त उपचार हुन नसकेमा त्यसले सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, मिर्गाैलामा समस्या देखिने, निमोनिया, छारे रोग जस्ता समस्या पनि देखिन सक्ने बताइएको छ । समयमै उपचार नगरेमा यसले मस्तिष्क, कलेजो र फोक्सोमा संक्रमण गरी मृत्युसमेत हुन सक्ने सेती अञ्चल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा शेरवहादुर कमरले बताउनुभयो । मनसुनका समयमा यो रोगको संक्रमण बढी देखिने गर्छ । हाल सेती अञ्चल अस्पतालमा दिनमा दुई जनासम्म सो रोगका बिरामी आउने गरेको बताइएको छ ।

वि.सं.२०७४ साउन २० शुक्रवार ०२:५७ मा प्रकाशित

Himalayan Life AD
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...