
गत महिना मात्र अष्ट्रेलियास्थित नेपाली दूतावासमा राजदूतको जिम्मेवारी पाएर जानु भएकी लक्की शेर्पाले मेल्वर्न तथा भिक्टोरियाको औपचारिक भ्रमण गरेकी छिन् । यसैक्रममा राजदूत शेर्पाले भिक्टोरियामा तीन दिनको भ्रमण सम्पन्न गरेकी छन् । भिक्टोरीयास्थित नेपाली कन्सुलेट अफिसको निमन्त्रणमा उनले ती ठाउँहरुको भ्रमण गरेकी हुन् । राजदूत शेर्पालाई भिक्टारीयाका लागि कन्सुलेट चन्द्र योञ्जनका साथै उक्त क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले स्वागत गरेको थियो ।
भ्रमणका क्रममा नेपाली समुदायका साथ भिक्टोरीयाको गवर्नर, विधान परिषदको सभामुख र अध्यक्ष, व्यपार तथा औद्योगिक मन्त्रि, अन्य भिक्टोरीयाको उच्च सरकारी कर्मचारीहरु तथा भिक्टोरीयाको विश्वविद्यालय र विज्ञान अवलोकन केन्द्रमा समेत भ्रमण गरेकी थिइन ।
कन्सुलेट योञ्जनले राजदूतसँगको भेटघाट फलदायी भएको बताउँदै आफ्नो निमन्त्रणालाई स्वीकार गरेर राजदूत शेर्पाले भिक्टोरियाको भ्रमण गरेकोमा खुशी व्यक्त गरेका छन् । साथै उनले भेटघाटमा उपस्थित हुने सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका दिएका छन् ।
वि.सं.२०७४ साउन २० शुक्रवार ०३:२४ मा प्रकाशित

























