back

नेयमारको ख्याति दुई वर्षभित्र दोब्बर हुनेछ : पीएसजी अध्यक्ष

वि.सं.२०७४ साउन २१ शनिवार

99 

shares
NTC AD
Global IME AD

neymar1 पेरिस (फ्रान्स) । क्लब परिवर्तनका लागि विश्व रेकर्ड कायम गरेका ब्राजिलियाली विश्व प्रसिद्ध फुटबल खेलाडी नेयमारको ख्याति आगामी दुई वर्षभित्र दोब्बर हुने पेरिस साँ जाँमा (पीएसजी) का अध्यक्ष नासेर अल खेलाफीले शुक्रबार बताउनुभएको छ ।

नेयमारलाई स्पेनी फुटबल क्लब, बार्सिलोनाबाट दुई करोड ६४ लाख अमेरिकी डलर बराबरको क्लब स्थानान्तरण शुल्क तिरेर पीएसजीले भित्र्याएको हो । यो स्थानान्तरण लागत अहिलेसम्मकै उच्च शुल्क हो ।

पच्चीस वर्षीय ब्राजिलियाली फुटबल अग्रपंक्तिका खेलाडीको स्पेनी क्लबबाट हुने स्थानान्तरण शुल्कले विश्वलाई आश्चर्यमा पारेको छ ।

यस पहिलेको रेकर्डमा स्थानान्तरण शुल्क सबैभन्दा बढी फ्रान्सका नागरिक पाउल पोग्बालाई मेनचेस्टर युनाइटेडले गरेको थियो । उक्त शुल्क नेयमारको अहिलेको शुल्को तुलनामा आधा कम रहेको थियो ।

शुक्रबार नेयमारको साथमा पत्रकारसम्मेलनमा सहभागी हुनुभएका अल खेलाफीले भन्नुभयो, विश्वमा दुई नेयमार छैनन । आगामी दुई बर्षमा हामी भेट हुँदा नेयमारको मूल्य (ख्याती) कति हुनेछ भन्ने विषयमा तपाईहरूलाई म बताउन चाहन्छु । हेर्दै जानोस् । कम्तीमा पनि दोब्बर हुनेछ ।”

त्यसैगरी नेयमारले पीएसजीसँगको अनुबन्ध भएपछि बोल्दै पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै भन्नुभयोे, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु । मेरा नयाँ समूहका साथीहरूलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु ।”

उहाँले बार्सिलोनालाई छोड्ने निर्णय लिन निकै कठीन भएको जनाउँदै क्लब र क्लब सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको थियो ।

पीएसजी गत च्याम्पियन्स लिगमा अन्तिम आठमा परेको थियो ।

हप्तौँदेखिको अनुमानपछि नेयमारले बुधबार बार्सिलोनामा अभ्यासका लागि पुगे पनि सोही दिन स्पेनको बार्सिलोना क्लबलाई छाड्ने बताउनुभएको थियो ।

बार्सिलोनाले नेयमारलाई आफ्नो भविष्य रोज्ने छुट भएको बताए पनि उहाँले बार्सिलोना क्लब छोड्दा तिर्नुपर्ने रकमका विषयमा भने निकै विवाद देखिएको थियो ।

वि.सं.२०७४ साउन २१ शनिवार ०४:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...