back

निर्वाचन सम्पन्न भएकामा जापानी राजदूत खुशी

वि.सं.२०७४ साउन २१ शनिवार

747 

shares

raajdut

२१ साउन, विराटनगर । नेपालस्थित जापानी राजदूत मासासी ओगावाले नेपालमा २० वर्षपछि स्थानीय निर्वाचन सहज ढंगले सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उहाँले नेपालमा नयाँ संविधान जारी भएको र यसको कार्यान्वयनबाट नेपालीलाई समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

जापान र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत ओगावाले नेपालको दोस्रो ठूलो सहर विराटनगरको विकासका लागि केही गरौँ भन्ने सोचाइ रहेको जानकारी गराउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाल र जापानबीच सांस्कृतिक सम्बन्ध पनि रहेको चर्चा गर्दै विराटनगरमा खानेपानीको समस्या रहेको र यो समस्यालाई समाधानका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
सांसद डा नारायण खड्काले जापानले नेपालको विकासमा ठूलो साझेदारीको भूमिका निर्वाह गरेको बताउनुभयो । रासस

वि.सं.२०७४ साउन २१ शनिवार ०७:५७ मा प्रकाशित

Himalayan Life AD
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...