back

नदी र चक्रपथ सफाइबाट ३१ मेट्रिक टन फोहर व्यवस्थापन

वि.सं.२०७४ साउन २१ शनिवार

576 

shares

२१ साउन, काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २२१औँ हप्तामा आज पशुपति क्षेत्रस्थित तीलगंगाबाट राममन्दिर जाने नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

तीलगंगा महिला समूहले १२८औँ हप्ताको सफाइ पनि आज सँगै गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिनुभयो । सफाइमा सहभागी नव नियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक सर्बेन्द्र खनाललाई स्वागतसहित सम्मान गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, न्यानो स्पर्श, नेपाल नदी संरक्षण संस्था, जीवन विज्ञान, हलेसी डेकोर, युरेसिया रेयुकाई, गायत्री परिवार, नेपाल विज्ञापन संघ, साया समूह, सेवा समाज, ब्लु क्रस अस्पताल एम्बुलेन्ससहित २८ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, गायत्री परिवारका डा राजु अधिकारी, जीवन विज्ञानका एलपी भानु शर्मा, वाग्मती अभियन्ता डा लक्ष्मी पौड्याल, अर्जुन धरेल, गोकुल थापा, टंकराज आचार्य, किशोरसिंह शाही, नारायणकुमार श्रेष्ठ, चक्रबहादुर चन्द, भरत बस्नेतलगायत ७०० जनाको सक्रियता थियो ।

गुह्येश्वरी माथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले गरेको १८२औँ हप्ताको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ११५ भन्दा बढीको उपस्थिति थियो ।

रुद्रमती सफाइको १८०औँ हप्तामा आज रातोपुलदेखि मैतीदेवी मन्दिरसम्म सफाइसहित घरदैलो गरियो । घरदैलो सहितको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

काठमाडौँ महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्की, निर्वाचित वडा सदस्यसहित १५० जनाको सहभागिता थियो । विष्णुमती सफाइको १५२औँ हप्ता र चक्रपथ सफाइको १७ औँ हप्तामा आज संयुक्तरुपमा गोंगबु नयाँ बसपार्क क्षेत्रको नदी किनारमा सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ७०० भन्दाबढीको सहभागिता थियो ।

सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवन क्षेत्रमा गरेको १७औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै आलोकनगरको गाँजा फँडानी गरिएको थियो । सफाइमा ६५ जनाको सहभागिता थियो । अर्को शनिबार २२२औँ हप्ताको वाग्मती सफाइ थापाथली पुल टुकुचा दोभानमा गरिने सफाइ महाअभियानले जनाएको छ । रासस

वि.सं.२०७४ साउन २१ शनिवार १४:२९ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...