back

सरकारी लोगोको बीचमा किन राख्यो मंचले पशुपतिको मन्दिर ?

वि.सं.२०७४ साउन २२ आइतवार

615 

shares

logoदेबेन्द्र केसी,नयाँदिल्ली । नयाँ दिल्लीमा असाह्य ,अपाङ्ग र गरिब नेपालीहरुको भलाई गर्ने भन्दै खोलिएको सँस्था श्री पशुपति सम्पर्क मन्चले नेपाल सरकारको लोगोको चरम दुरुपयोग गरेको छ, त्यो पनि लोगो मै छेडछाड गरेर । अस्तित्वमा आएदेखी नै लोगोको अनाधिकृत प्रयोग गरेको मन्चले लोगोको मध्य भागमै छेडछाड गरेर पशुपति नाथको मन्दिर राखेको छ । गजवको कुरा त के छ भने त्यही अनाधिकृत लोगो प्रयोग गरिएको निमन्त्रणा पत्र नेपाली दुतावाससम्म पुग्ने गरेको छ ।

त्यही पत्रलाई आधार मानेर दुतावासका प्रतिनिधि पनि मन्चको रंगारंग कार्यक्रममा सामेल हुन्छन । हरेक देशमा जस्तै नेपालमा पनि रास्ट्रिय लोगोको ब्यक्तिगत प्रयोग बर्जित गरिएको छ । र यहाँसम्म कि पूर्वराष्ट्रपतिलेसम्म यो लोगो प्रयोग गर्न पाउदैनन् । तर, भारतको राजधानी दिल्लीमा भने त्यो संस्थाले लोगोको मात्र दुरुपयोग गरेको छैन मुख्य भागमै छेडछाड गरेर आफ्नो लोगो बनाएको छ ।

स्मरण रहोस नेपालमा राष्ट्रिय झण्डालाई घर, पसलमा फहर्याउन र संस्थाको लेटरहेड तथा कार्यक्रम स्पटमा फहर्याउने अनुमति दिएको छ । राज्यको लोगोलाई छेडछाड गर्दै चरम दुरुपयोग गर्ने मन्चलाई समन्धित निकायले कस्तो कार्वाही गर्ला त्यो भने हेर्न बाँकी नै छ ।

यस सम्बन्धमा कुरा राख्दा संस्थाका उपाध्यक्ष ध्रुव रानाले बाह्र वर्षदेखि प्रयोग हुँदै आएको लोगोको बारेमा अहिले कुरा उठाउनु जायज नभएको बताए । उनले लोगोको बारेमा दूतावासलाई समेत थाहा भएको बताउँदै तत्कालिन कार्यबाहक राजदूत खगनाथ अधिकारीबाट स्विकृति लिएर लोगो राखेको र अब हटाउने प्रक्रियामा रहेको पनि बताए ।

वि.सं.२०७४ साउन २२ आइतवार ०६:५७ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...