स्पेनिश गायक लुईस फोन्सीको चर्चित गीत डिस्प्यासिटो युट्युबमा सबैभन्दा धेरै हेरिने भिडियो बनेको छ । एक महिना अघि मात्रे ग्याङनम स्टाईललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको चार्ली पुथ र विज खालिफाको रेर्कड तोड्दै डिस्प्यासिटो युट्युबमा सबैभन्दा धेरै हेरिने तथा मनपराईएको भिडियो बनेको छ ।
सात महिना अघि मात्रै रिलिज भएको डिस्प्यासिटो युट्युबमा सबैभन्दा छिटो धेरै भ्युज हुने भिडियो बनेको छ । यस गीतलाई ३ अरब भन्दा धेरैले हेरेका छन् ।
वि.सं.२०७४ साउन २२ आइतवार ०८:१० मा प्रकाशित