back

दर्जन काठेपुलसहित झोलुंगे पुल बगे

वि.सं.२०७४ साउन २२ आइतवार

405 

shares
GLOBAL IME AD
NTC AD

२२ साउन, दुनै(डोल्पा) । उपल्लो डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको छ ।
ठूलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थान हुँदे आउने भेरी नदीमा विगत वर्षभन्दा यस वर्ष पानीको बहाव उच्च भएपछि ठाउँ ठाउँमा क्षति पु¥याएको स्थानीयवासी ओम गुरुङले बताउनुभयो ।

साउन लागेदेखि मात्रै उपल्लो डोल्पामा दर्जनभन्दा धेरै काठेपुलसहित एक झोलुंगे पुल बगाएको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताउनुभयो । बाढीको उच्च बहावले छार्काताङसोङ गाउँपालिका मुकोट कागकोटमा पर्ने भेरी नदीमा रहेको पुरानो झोलुंगे पुलसमेत बगाएको छ । भारी वर्षात्सँगै ठूलोभेरी नदीमा आएको बाढीले फलामे पुलसमेत बगाएको उहाँको भनाइ छ ।

विभिन्न स्थानमा लगाइएको काठेपुल तथा झोलुंगे पुल बगाएपछि उपल्लो डोल्पाका छार्काताङसोङ, डोल्पो बुद्धलगायत गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा आवतजावत गर्न समस्या भएको छ । यसबाट यार्सागुम्बा व्यापारका लागि छिमेकी चीनको तिब्बत जाने व्यापारीलाई मर्का परेको छ ।

वर्षौदेखि सञ्चारविहीन उपल्लो डोल्पाका लागि नेपाल खाद्य संस्थानले उपलब्ध गराएको नुन तथा चामल वितरण गरिने समय यतिखेर नै परेको छ । उपल्लो डोल्पाका लागि खाद्यान्न तल्लो डोल्पामा पर्ने हवाई मार्ग तथा पैदल मार्गबाट ढुवानी गर्न ढिला हुनाका साथै ढुवानी रकमसमेत महंँगो पर्ने भएकाले हरेक वर्ष काठमाडाँैबाट चीनका केरुङ तथा क्याटु नाकाबाट ढुवानी हुने गरेको नेपाल खाद्य संस्थान डोल्पा प्रमुख हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।

क्याटु तथा केरुङबाट खाद्यान्न लैजानका लागि चीनसँग सडक अनुमति मागिए पनि अनुमति नआएको जोशीले बताउनुभयो । गत आवमा उपल्लो डोल्पाका लागि चार हजार ५०० क्वीन्टल खाद्यान्न स्वीकृत भएको थियो ।

वि.सं.२०७४ साउन २२ आइतवार ०८:४२ मा प्रकाशित

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...