२२ साउन। स्पेनिश क्लब वार्सिलोनाले लिभरपुलका स्टार मिडफिल्डर फिलिपे कौतिन्होलाई किन्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । २४ वर्षे ब्राजिलियन मिडफिल्डरलाई किन्न वार्सिलोनाले निकै पहिले दखि नै प्रक्रिया अगाडी बढाएतापनि लिभरपुलले उनलाई नबेच्ने अडान गरेको थियो तर कौतिन्होले वार्सिलोनाबाट खेल्न चाहना व्यक्त गरेका कारण उनलाई बेच्न मर्सिसाईड क्लब लिभरपुल तयार देखिएको हो । यस्तै कौतिन्हो र वार्साबीच समेत सम्झौताको विषयमा सहमति भईसकेको छ ।
स्पेनिश पत्रिका मार्काका अनुसार वार्साले कौतिन्होलाई १०० मिलियन युरोमा किन्न लागेको हो । वार्सिलोनाबाट स्टार फरवार्ड नेयमारको पेरिस प्रस्थान पछि नेयमारको गतिलो प्रतिस्थापनको रुपमा कौतिन्होलाई किन्न लागेको हो ।
“लिटिल म्याजिसियन”को उपमा पाएका कौतिन्हो गत सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनलाई वार्सिलोनाका पुर्व मिडफिल्डर जाभीले वार्सामा प्रभाव पार्न सक्ने खेलाडीको रुपमा रहेको कारण नेयमारको प्रतिस्थापनको रुपमा उनलाई किन्न समेत दिएका थिए । उनको आगमनले नेयमारले बनाएर गएको खाडल पुरिने विश्वास क्याटालन क्लबले लिएको छ ।
वि.सं.२०७४ साउन २२ आइतवार १२:३९ मा प्रकाशित