Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

जिसस भक्तपुरमा एमालेको प्यानलै विजयी



२३ साउन, भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको आज भएको निर्वाचनमा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।

आइतबार जिसस कार्यालयमा भएको निर्वाचनमा जिसस प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर निर्वाचित हुनुभएको हो । सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी हुनुभएको छ ।

कूल आठ मत रहेकामा सात मत मात्रै खसेको थियो भने खसेको मतमा एमालेको प्यानलले पाँच मत र नेमकिपाका उम्मेदवारले दुई मत प्राप्त गर्नुभएको थियो ।

नेपाली काँग्रेसले भने उम्मेदवारी दिएन भने मतदानमा पनि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । चारवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थाअनुसार भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगर प्रमुख एवम् उपप्रमुख गरी आठ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा नेमकिपाले भने जिसस प्रमुखमा कमला भारती गिरी र उपप्रमुखमा हरिरत्न गोर्खालीसहित सदस्यहरुमा रोशनमैया सुवाल, रोशन खत्री, जितेन्द्र मुनंकर्मी, रञ्जना त्वाती, जगतलाल मानन्धर र विजयालक्ष्मी शाक्य तथा दलित तथा अल्पसङ्ख्यक सदस्यमा सुनिता द्यौलालाई उम्मेदवार बनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम