Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो,चिकित्सक अभाव



२३ साउन, सप्तरी । सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि दैनिक विभिन्न रोगका बिरामीको सङ्ख्या एकातिर बढ्दै गएको छ भने अर्कोतिर चिकित्सकको अभावले अस्पतालमा उपचारको समस्या बढ्दै गएको छ ।

बढ्दो गर्मी र बाढीको कारण रुघाखोकी, ज्वरो, पखाला, टाइफाइड, हातखुट्टा दुख्ने जस्ता बिरामी दिनहँु अस्पतालमा उपचारका लागि आउने गरेको तर दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा बिरामी उपचार पाउन नसकेर अन्य स्थानमा जाने गरेको गुनासो पाइएको छ । अस्पतालमा करिब २२ जना कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकोमा हाल दुईजना मात्र छन् भने ६ जना मेडिकल अधिकृतको दरबन्दीमध्ये दुई जनाले काम गरिरेहको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा दयाशंकरलाल कर्णले जानकारी दिनुभयो । उहाँले चिकित्सकको अभावका कारण प्रभावकारी रुपमा अस्पतालमा स्वास्थ्य सेवा पु¥याउन नसकेको बताउनुभयो ।

अर्थोपेडिक र जेनरल सर्जनको दरबन्दीसमेत यहाँ पूर्ण रुपमा खाली नै रहेको उहाँले बताउनुभयो । अस्पतालमा रु दुई करोड २४ लाख मूल्य बराबरको अत्याधुनिक उपकरण खरिद गरिएको र विभाग तथा मन्त्रालयबाट समेत उपकरण उपलब्ध भए पनि विशेषज्ञको अभावका कारण उपलब्ध भएका उपकरण पनि सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर