back

कृषिमा नमुना बनाउने गाउँपालिका अध्यक्षको प्रतिबद्धता

वि.सं.२०७४ साउन २३ सोमवार

114 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

samman2२३ साउन, काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफ्नो गाउँपालिकालाई कृषिको नमुना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अष्ट ज अभियानद्धारा आयोजित स्वागत कार्यक्रममा पोखरेलले आफू राजनीतिमा सक्रिय रहे पनि आर्थिक ऐजेण्डासँगै लिएर हिड्ने गरेको कारण जनताले आफूलाई विस्वास गरेको सुनाए । माटोको माया गर्ने संस्कृतिको विकास गर्न र श्रोत साधनको सहि प्रयोगबाट आर्थिक समृद्धि ल्याउन युवा लक्षित कार्यक्रम बनाउने सोँच रहेको पनि उनले जनाए । अष्ट ज अभियन्ताहरुसँग उनले थपे  ‘मुलुकमै एउटा उदाहरण देखाउने गरी अघि बढ्ने छु ।’
कार्यक्रममा अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारीले स्थानीय तहबाटै कृषि व्यवसायिकरण अगाडि बढ्ने विस्वास व्यक्त गरे ।

सोहि अवसरमा इजरायलबाट फर्केर कृषि व्यवसायमा लागेकी सावि त्रिपाठी पाठकलाई पनि स्वागत गरिएको थियो ।

sabi
लामो समयसम्म इजरायलमा बसेर फर्केकी पाठकले रामकोटमा १५ रोपनी जग्गा भाडामा लिएर १ वर्षदेखि व्यवसायीक तरकारी खेती गर्दै आएकी छन् ।
सो अवसरमा अष्ट ज अभियन्ताहरु विश्वमणी पोखरेल, युवराज भण्डारी, दिपक दाहाल र चन्दा थापा लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७४ साउन २३ सोमवार ०५:४९ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...