Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

तीज र तिहारको कार्यक्रम योजना सहित प्रवासी नेपाली संघको चौथो बैठक सम्पन्न



prabas

२३ साउन, चेन्नई । प्रवासी नेपाली संघ भारत तमिलनाडु–पुदुचेरी संयुक्त राज्य समितिको चौथो पूर्ण बैठक चेन्नई मेरिनाविच स्थित राज्य उपाध्यक्ष टिकाराम शर्मा ज्यु को निवासमा राज्य अध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षता र सचिव दुर्गादत्त पौडेलको संचालनमा केन्द्रिय नेताहरु कृष्ण पालुवा , बेलदास चापगाई , महेन्द्र शर्मा तथा इन्द्र पौडेल को अतिथत्व  रहेको थियो ।

संघको नियमित त्रैमांशिक समिक्षा बैठक भए पनि यसपटक नेपाली साँस्कृतिक पर्वहरु तीज , दशै र तिहार निकट आई रहेका ले त्यसै सम्बन्धमा बैठक केन्द्रीत रहेको थियो । प्रवासी नेपाली महिला दिदीबहिनी हरुलाई हरेक बर्ष झै यसपटक पनि यहाँको स्थानिय छुट्टीको दिन पारेर गणेश चतुर्थी को दिन सधै झै चिन्नमलै, सैदापेट को सामुदायिक हलमा आम प्रवासी नेपाली को साझा कार्यक्रम आयोजना गरेको छ ।

teej

प्रवासी नेपाली संघ को ब्यानरमा कार्यक्रम गर्दै आए पनि प्रवासी नेपाली हरुको यो कार्यक्रम नितान्त नेपाली साँस्कृतिक महत्वको लागि गरिने हुदाँ संघको साँस्कृतिक बिभागले ३ वटा आफ्ना गितिकार्यक्रम प्रस्तुत गरे लगत्तै खुलाकार्यक्रम हुने भएकोले अन्य संघ स्स्था आबद्ध प्रवासी नेपाली पनि यसकार्यक्रम मा आउने गरेका छन् । त्यस्तै दशै आफ्नै परिवार र आफन्त संग मनाउने र तिहारमा घरदैलो द्यौषी भैलो संभव भए सम्म नेपालको झै घर घरमा पुगेर नेपाली पारामा नै सम्पन्न गर्ने निर्णय गरेको छ । यसै बर्ष भित्र चेन्नई शहरमा मिरमिरे जनसाँस्कृतिकका कलाकार द्धारा एउटा आमकार्यक्रम दिनेछ । जस्ले यहि जन्मे हुर्केका प्रवासी नेपालीका छोरा छोरीलाई नेपाली संस्कृति बुझाउन सहयोग पुराउनेछ ।

त्यस्तै बैठकले स्थानिय निर्वाचन स्वदेश गएर मताधिकार प्रयोग गरि नेकपा एमाले का उमेदवारहरुलाई बिजयी गराउने प्रवासी नेपाली प्रति हार्दिक आभर प्रकट गर्दै सबै स्थानिय निकायमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि हरुलाई सफल कार्यकालको शुभकाना ब्यक्त गर्यो । बैठक लाई सम्बोधन गर्दै प्रमुख अतिथि संघका केन्द्रीय सचिव कृष्ण पालुवा ले संघलाई सामाजीक र सेवामुखी काममा निरन्तर लगाउनु पर्ने, जनता संग नजिक हुन सक्दा नै देशमा पनि नेकपा एमाले पहिलो शक्ती बनेर उदाएकोस्मरण गराउनु भयो । त्यस्तै अन्तरराज्य संगठन बिस्तार र २०१८ को पहिलो त्रेमांशिक सम्म मा हुने संघको आठौ केन्द्रीय सम्मेलनमा यस दक्षिण भारतको प्रस्तुती, साँस्कृतिक कार्यक्रमको तयारी जस्ता बिषयमा राज्य समिति तयार रहन सुझाव दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक