back

स्क्रब टाइफसबाट चितवनमा फेरी एक जनाको ज्यान गयो

वि.सं.२०७४ साउन २३ सोमवार

567 

shares

scrub-typhus

२३ साउन, रत्ननगर (चितवन) । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि अघिल्लो आवमा १०९ जनामा रोग देखिएकामा चारजनाको मृत्यु भएको थियो ।

यो आव लागेपछि स्क्रब टाइफसबाट मृत्यु भएको यो पहिलो हो । उहाँले जिल्लामा साउन महिनाको अहिलेसम्म २६४ जना बिरामीको परीक्षण भएकामा ७५ जनामा टाइफस रोग लागेको पाइएको जानकारी दिनुभयो ।

सत्ताइसभन्दा बढी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा गुणनिधि शर्माका अनुसार ती जिल्लामा सयभन्दा बढीमा सो रोग देखिएको छ ।

सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ । ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता भएको शर्माले बताउनुभयो ।
माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ ।

नेपालमा २०७२ सालमा पहिलोपटक सो रोग देखा परेको थियो । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ ।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिनुभयो । चितवनमा उक्त रोगको परीक्षणका लागि किटको समेत अभाव छ ।

जिल्लामा स्वाइनफ्लुका १०० बिरामी

चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच१ एन१ का एक सयजना बिरामी भेटिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले गएको जेठ १९ देखि यही साउन ९ गतेसम्मको प्रतिवेदनअनुसार १३७ बिरामीको परीक्षणमा यसरी एनएच१ एन१ फेला परेको जानकारी दिनुभयो ।
भरतपुर अस्पतालमा भाईरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले फ्लु ए पोजेटिभका बिरामीसमेत आइरहेको बताउनुभयो ।
उहाँले बढी गर्मी र पानी पर्ने मिक्स समयमा यस्ताखालका बिरामी बढी आउने गरेको जानकारी दिनुभयो ।

स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ । अन्य रोगको संक्रमण भएकालाई अझ बढी असर गर्ने चिकित्सकको भनानइ छ ।

वि.सं.२०७४ साउन २३ सोमवार ११:०२ मा प्रकाशित

Himalayan Life AD
एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

काठमाण्डाैँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र...

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व...

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

  काठमाडौँ ।  काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण...

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

  काठमाडौँ । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क...