back

दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर 

वि.सं.२०७४ साउन २३ सोमवार

552 

shares
IME Limited
NTC AD

२३ साउन, कोहलपुर (बाँके)  । पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न बढीभन्दा बढी मेहनत गर्नुपर्ने बताउनुभएको छ ।

‘व्यावसायिक पशुपालनमा उत्पादन वृद्धि, पारिवारिक पोषण, रोजगारी र समृद्धि’ नाराका साथ क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यपश्चिम सुर्खेतको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको आव २०७३/७४ को तेस्रो चौमासिक तथा वार्षिकक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले पूर्वाञ्चल दूधमा आत्मनिर्भर भइसकेको र मासुमा पनि आत्मनिर्भर हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

“मध्यपश्चिम क्षेत्रमा पनि मासुमा प्रगति हुने क्रम अगाडि बढे पनि दूध र अण्डामा अझै बढी प्रगति गर्न आवश्यक छ”, मन्त्री थारुले भन्नुभयो ।” मन्त्री थारुले मध्यपश्चिममा मासु, दुग्धजन्य पदार्थ र अण्डा उत्पादनका लागि राम्रो सम्भावना रहेकाले यसको वृद्धि विकासका लागि सबैले मेहनत गर्नुपर्ने बताउनुभयो ।
मंगलबारसम्म चल्ने गोष्ठीमा मध्यपश्चिम क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किसनलाल भट्टले आव २०७३/०७४ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा मध्यपश्चिमका बाँके, बर्दिया, दाङ, सुर्खेत, प्यूठानलगायत १५ जिल्लामा सञ्चालन भइरहेका कार्यक्रम र तिनका प्रगति, समस्या र चुनौतीका बारेमा छलफल भएको थियो । रासस

वि.सं.२०७४ साउन २३ सोमवार १५:५५ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...