back
CTIZAN AD

पहिरोले पुरिएका तीन जनाको शव फेला भेटियो

वि.सं.२०७४ साउन २४ मंगलवार

693 

shares

२४ साउन, रसुवा । उत्तरगया गाउँपालिका–३ पहिरेबेँसी क्षेत्रमा अविरल वर्षासँगै आएको पहिराले आइतबार राति घर पुरिँदा बेपत्ता भएका चारमध्ये तीन जनाको शव फेला परेको छ ।

सहायक प्रजिअ स्मिता पौडेलका अनुसार स्काभेटरको सहायताले घर पुरिएको स्थानमा खोजी गर्दा ३३ वर्षीया मुना थापा, चारवर्षीय रवीन्द्र थापा र ७८ वर्षीय भक्तबहादुर नगरकोटीको शव फेला परेको र तत्कालीन जिल्ला पञ्चायतका उपसभापति ७७ वर्षीय धर्मबहादुर थापाको भने खोजी भइरहेको छ ।

पहिरेबेँसी क्षेत्रमा बसोबासका लागि उपयुक्त नहुँदा ४० घर परिवारलाई अन्यत्र सारिएको छ । पहिराले पूर्णरुपमा क्षति भएका १४ घरमध्ये सम्पर्कमा आएका ११ घरपरिवारलाई प्रतिपरिवार रु १०–१० हजार र कम्बल तथा खाना पकाउने भाँडाकुँडा राहतस्वरुप प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो । मंगलबार बिहानदेखि बेपत्ताको पुनः खोजी गरिने बताइएको छ ।

वि.सं.२०७४ साउन २४ मंगलवार ०२:०४ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...