back

पहिरोले पुरिएका तीन जनाको शव फेला भेटियो

वि.सं.२०७४ साउन २४ मंगलवार

138 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२४ साउन, रसुवा । उत्तरगया गाउँपालिका–३ पहिरेबेँसी क्षेत्रमा अविरल वर्षासँगै आएको पहिराले आइतबार राति घर पुरिँदा बेपत्ता भएका चारमध्ये तीन जनाको शव फेला परेको छ ।

सहायक प्रजिअ स्मिता पौडेलका अनुसार स्काभेटरको सहायताले घर पुरिएको स्थानमा खोजी गर्दा ३३ वर्षीया मुना थापा, चारवर्षीय रवीन्द्र थापा र ७८ वर्षीय भक्तबहादुर नगरकोटीको शव फेला परेको र तत्कालीन जिल्ला पञ्चायतका उपसभापति ७७ वर्षीय धर्मबहादुर थापाको भने खोजी भइरहेको छ ।

पहिरेबेँसी क्षेत्रमा बसोबासका लागि उपयुक्त नहुँदा ४० घर परिवारलाई अन्यत्र सारिएको छ । पहिराले पूर्णरुपमा क्षति भएका १४ घरमध्ये सम्पर्कमा आएका ११ घरपरिवारलाई प्रतिपरिवार रु १०–१० हजार र कम्बल तथा खाना पकाउने भाँडाकुँडा राहतस्वरुप प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो । मंगलबार बिहानदेखि बेपत्ताको पुनः खोजी गरिने बताइएको छ ।

वि.सं.२०७४ साउन २४ मंगलवार ०२:०४ मा प्रकाशित

NABIL bank AD
कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

जिल्लामा जान रोक लगाईएको लेखनाथको खुलासा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ...

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

कनकाईका किसानद्वारा डेढ करोडको विषादीरहित तरकारी उत्पादन

बनियानी (झाप) । कनकाई नगरपालिकाका किसानले करिब रु एक करोड...