नेपाली जनप्रगतिशील मञ्च इटालीको अधिबेशनले हरिभक्त काराखेतीलाई अध्यक्षमा चयन गरेको छ ।
जनप्रगतिशील मञ्च बेल्जियमका सल्लाहकार तथा मगर राष्ट्रिय मुक्ति मोर्चा युरोप इन्चार्ज विरमान घर्तीमगरको प्रमुख आतिथ्यतामा अगस्ट ६ का दिन सम्पन्न मञ्चको अधिबेशनले उपाध्यक्षद्धयमा रन्जित मगर, तिर्थबहादुर लामा,महासचिवमा सुदीप अधिकारी, सचिवमा श्यामसुन्दर अधिकारी, कोषाध्यक्षमा झम्कनाथ पङ्गेनीलाई चयन गरेको छ ।

त्यस्तै मञ्चको सदस्यहरुमा बर्षा पोखरेल खतिवडा, सिमा लामिछाने अधिकारी, रेखा सापकोटा पोखरेल, किरण मगर, प्रदीप मैनाली , गणेश रावल , कृष्णबहादुर भण्डारी, गणेश छेत्री, खड्क बहादुर तामाङ, करण बिष्ट, राजेश लामा रहेका छन् ।
वि.सं.२०७४ साउन २४ मंगलवार १०:१२ मा प्रकाशित

























