Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

सबैखाले किसानलाई लक्षित कार्यक्रम सञ्चालन गरिनेः मन्त्री थारु



२४ साउन, नेपालगन्ज  । पशुपक्षी विकास मन्त्री सन्तकुमार थारुले ठूला किसानलाई मात्र नभई सबैखाले किसानलाई लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “कनिका छरे जस्तो योजना होइन, दीर्घकालीन लाभ प्राप्त हुने योजना तथा कार्यक्रम आप्mनो मन्त्रालयले सञ्चालन गर्ने गृहकार्यमा लागेको छ ।”

मन्त्री थारुले बजेट र कार्यक्रमबीच तालमेल मिलाएर पशुपक्षीमा मुलुकलाई क्रमशः आत्मनिर्भर बनाइने र यसका लागि कृषिसँग सम्बन्धित सबै निकायबीच समन्वय स्थापित गरिने बताउनुभयो ।

आधारभूत वर्गभित्र पर्ने कृषक, मुक्त कमैया, सिमान्तकृत समूहको आर्थिक उन्नतीबाट मात्र कृषि क्रान्तिलाई उचाईमा पु¥याउन सकिनेमा पनि उहाँले जोड दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी