back

स्व पत्रकार बोहराकी पत्नीको मृत्यु

वि.सं.२०७४ साउन २५ बुधवार

513 

shares

mamata२५ साउन, भीमदत्तनगर । कञ्चनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराको मृत्यु भएको आठ महिनापछि उहाँकी पत्नी ममताको मंगलबार बिहान मृत्यु भएको छ ।

मिर्गौला रोगबाट ग्रसित ममताको भारतको उत्तराखण्डस्थित खटिमामा उपचारका क्रममा मृत्यु भएको उहाँका भाई गणेश थापाले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि भारतको मेदान्त अस्पतालमा रहनुभएका उहाँलाई प्रत्यारोपणको प्रक्रियामा लैजाँदै गर्दा क्षयरोगसमेत देखिएको थियो ।

उहाँको बुधबार महाकाली नदीमा अन्त्येष्टि गरिने बताइएको छ ।

आठ महिनाअघि पत्नी ममतालाई काठमाडौँमा उपचार गराइरहेका बोहराको कुरुवा बसेकै अवस्थामा अचानक निधन भएको थियो । २०३५ असार २२ गते बझाङको स्याँडी गाविस–६ मा जन्मिनुभएका बोहरा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २०६८ देखि २०७१ सम्म अध्यक्ष रहनुभएको थियो ।

बोहरा महेन्द्रनगरबाट प्रकाशित ‘पश्चिम नेपाल’ दैनिकका प्रकाशक तथा ‘रेडियो पश्चिम नेपाल एफएम’का सञ्चालक रहनुभएको थियो ।

वि.सं.२०७४ साउन २५ बुधवार ०२:०२ मा प्रकाशित

Himalayan Life AD
सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी...