Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

जिसस बैतडीको प्रमुखमा काँग्रेसका भट्ट निर्विरोध निर्वाचित



congresh-flag२५ साउन, बैतडी । जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली काँग्रेसका सिद्धराज भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रमुख पदका लागि काँग्रेसकै सिद्धराज भट्ट र गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको थियो । तर एउटै पार्टीबाट दुईजना उम्मेदवार बन्न नपाउने भएकाले चन्दको उममेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिनुभयो ।

यसैगरी दलित तथा अल्पसंख्यक सदस्यमा काँग्रेसकै टेक लुहार पनि निर्विरोध निर्वाचित हुनुभएको छ । ती पदका लागि कसैले उम्मेदवारी नदिदाँ उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

नौ सदस्यीय जिल्ला समन्वय समितिमा उपप्रमुख तथा तीन खुला र तीन महिला सदस्यका लागि साउन २९ गते निर्वाचन हुदँैछ ।

सो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेको छ । एमालेले पनि केहि पदमा उम्मेदवारी दर्ता गराएको छ ।

उपप्रमुख पदका लागि नेकपा माओवादी केन्द्रबाट धनबहादुर बोहरा र एमालेबाट लक्ष्मणदत्त भट्टको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै तीनजना खुला सदस्यमा काँंग्रेसबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै खुला सदस्यमा एमालेबाट हरिसिंह महराले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी तीन महिला सदस्यका लागि कांग्रेसबाट हरू जोशी र गीता जोशी तथा माओवादी केन्द्रबाट कुमारी हेमा भट्ट कपाडीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल २० मतमध्ये कांग्रेस र माओवादी केन्द्र गठबन्धनको १२ र एमालेसंग ८ मत रहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं दरबारमार्गमा विदेशी मदिराको कारोबार गरिरहेको पसल ग्रीनलाइन सेन्टरका सञ्चालकको विषय अहिले

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक