back

आरोपीले नै गरे हेलिकोप्टर चार्टर

वि.सं.२०७४ साउन २५ बुधवार

417 

shares
IME Limited
NTC AD

२५ साउन,सोलुखुम्बु । आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् ।

आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले पक्राउ गरेका आरोपित राईले हेलिकोप्टर चार्टर गरेपछि मंगलबार आरोपित राई र मृतक विकको शव सदरमुकाम सल्लेरी ल्याइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

आरोपित राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ भने मृतक विकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । गत शुक्रबार खुम्जुङमा व्यवसाय गर्ने राईले आफ्नै घरमा काम गर्ने विकलाई कुटपिट गरेपछि उपचारका लागि स्वास्थ्य केन्द्र लगिएको थियो । विकको उपचारको क्रममा शनिबार ज्यान गएको थियो ।

नाम्चेबाट सदरमुकाम आइपुग्न कम्तीमा तीन दिन पैदल हिँड्नुपर्ने र शव परीक्षणका लागि ल्याउन त पाँच दिनसम्म लाग्ने भएकाले बोक्ने मानिस नपाइने र वर्षात्का कारण बाटो पनि निकै अप्ठ्यारो भएकाले सहजताका लागि आरोपित राईले नै हेलिकोप्टर चार्टर गरेको बताइएको छ । रासस

वि.सं.२०७४ साउन २५ बुधवार ०२:३७ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...